नेपालगञ्जमा दुईदिने (निफ) फिल्म फेस्टिवल सुरु

२० पुष २०७५, शुक्रबार १९:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी प्राविधिक शिक्षालयमा दुई दिने दोस्रो नेपाल इन्डिपेन्डेण्ट फिल्म फेस्टिवल(निफ) शुक्रबारदेखि सुरु भएको छ । सो फेस्टिवलको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले उद्दघाटन गरेको फेस्टिवलमा २१ फिल्म देखाइने छ ।
ईभेन्ट म्यानेजमेन्टको क्षेत्रमा क्रियाशिल अन्तरालको आयोजना र बागेश्वरी असल शासन क्लब(बास)को सह–आयोजनामा भएको फेस्टिवलमा ग्याल्मो हाउस, मरिसकेको मान्छे, उ आयो आयो, इन माइ टाउन, ४ घण्टा, सेक्रेट्स अफ धौलागिरी जस्ता फिल्म रहेका छन ।
यसैगरी फेस्टिवलमा असल गुरु, बिपतसँग व्यवहार, अगेन्स अफ अल, अबाउट अ गर्ल, अनन्त यात्रा, नाम्लो, आमा, मि भर्सेस माइन, जालगेडी, द ग्रेट मुखिया, तिर्खा, सुपर मङ्क, अडिसन,  अनथ्याङ फ्रेन्ड,  ब्लाइन्ड  रक्स फिल्म समावेश गरिएको अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले बताए ।
उद्दघाटनका दिनमा बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ । प्रदर्शनमा राखिएका २१ फिल्म मध्ये ९ वटा डकुमेन्ट्री र अन्य फ्रिक्सन फिल्म भएको आयोजकले जनाएको छ ।

Next Post

लिगको अन्तिम खेलमा च्यासल र जावलाखेल बराबरीमा

२० पुष २०७५, शुक्रबार १९:१८
सदरलाइनडटकम, काठमाण्डौ : शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा च्यासलले जावलाखेसँग एक–एकको बराबरीमा चित्त बुझाएको छ । हल्चोकमा रहेको सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा जावलाखेलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १०औँ मिनेटमा अर्जुन सिंहले हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३२ औँ मिनेटमा च्यासलले […]