नेपालगञ्जमा डुबान नहुने मेयर राणाको दाबी

२० पुष २०७५, शुक्रबार १७:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले अबदेखि बर्षातमा नगर डुबानमा नपर्ने दावी गरेका छन् । उप–महानगरपालिकाले शुक्रवार नेपालगञ्जमा गरेको नगरको विकासमा सञ्चारको भूमिका विषयक अन्तरक्रियामा मेयर राणाले नेपालगञ्जमा आउने बर्षातको पानी नालीबाट दोन्द्रा र रतैया नाला हुँदै भारत जाने भएकाले अब नेपालगञ्जमा डुबान नहुने बताए ।
सेतुक विक चौक र घरबारी टोलमा पनि अब डुबान नहुने उनको दाबी छ । सेतु विक चौकमा दुईघण्टा सम्म डुबान भएको फोटो फेसबुकमा आउने गरेको भन्दै उनले अब फेसबुके डुबान पनि नहुने जिकिर गरे । अन्तरक्रियामा नगरको विभिन्न विकास निर्माणका बारेमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेललगायतले जिज्ञासाको समाधान गरेका थिए ।
उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले नेपालगञ्जको विकासका लागि सञ्चारकर्मीसँग समन्वय गर्न शुरु गरिएको बताए । वडा नम्बर १८ का अध्यक्ष दीपक वर्माले उपमहानगरपालिका सधै सञ्चारकर्मी र सञ्चार माध्यमसँग सहकार्य गरेर जाने पक्षमा रहेको उल्लेख गरे ।

Next Post

तपस्वी बम्जनको आश्रममा छापा

२० पुष २०७५, शुक्रबार १७:५७
सदरलाइनडटकम, काठमाण्डौ : आफूलाई तपस्वी भएको बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाढेगाउँस्थित आश्रममा प्रहरीले छानबिन सुरु गरेको छ । उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी सुरु गरेको हो । अनुसन्धान टोलीले शुक्रवार आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी प्रवक्ता प्रहरी […]