यस्तो छ जनप्रतिनिधि आएपछिको उप–महानगरको गतिविधि

२० पुष २०७५, शुक्रबार १८:१२
 

नेपालगञ्ज उप–महानगरपालिकाद्वारा शुक्रबार आयोजित नगरको विकासमा सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले पत्रकार र जनप्रतिनिधि समक्ष प्रस्तुत गरेको हालसम्मका काम, जारी कार्यक्रम र भावी साझा अभियान समेतको विवरण ।

आव २०७४/७५ तथा ०७५/७६ मा सम्पन्न मूख्यकामहरु
२७ वटा कानूनहरु निर्माण तथा राजपत्रमा प्रकाशन गरी सार्वजनिकीकरण गरिएको ।
आव २०७४/७५ मा जम्मा बिनियोजित बजेट रु.२ अर्व ७७ करोड मध्ये करिव रु.१ अर्व ८४ करोड खर्च भएको । (४६५ ओटा योजना तथा कार्यक्रम)
जम्मा बोर्ड बैठक संख्या ४४ र जम्मा नगरसभा संख्या ३ ओटा सम्पन्न भएको ।
बि.पी. चौकमा हाईमास्ट जडान ।
नेपालगंजका १५ वटा वडाहरु पूर्णखोपयुुक्त घोषणा तथा यसै आ.ब.मा बाकी वडा घोषणा गरिने ।
नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको, यद्यपी केही समस्या कायमै ।
रानितलाउ तथा वाटरपार्कमा डिपबोरिङ जडान तथा रानीतलाउ पूनर्निमाण सहित संंचालन ।
कर मिनाहा रणनिति अवलम्वन गरि करको दायरामा नआएका करदाताहरु मध्ये १४९० ब्यवसायीहरुलाई करको दायरामा ल्याउन सफल ।
आर्थिक अवश्था कमजोर भएका ४४ जना महिलाहरुलाई निशुल्क लोकसेवा तयारी कक्षा संचालन कार्य सम्पन्न ।
बिबिध खेलकुद प्रतियोगिता तथा खेलकुद सामग्री वितरण (फुटवल, क्रिकेट, कबड्डी, साइकल दौड आदि प्रतियोगिता तथा शुटिङ खेल सामग्री हस्तान्तरणकार्य )सम्पन्न ।
बागेश्वरी मन्दिर परिसरलाई व्यवस्थित गरी फ्रीवाइफाई सेवा संचालनमा ल्याई आकर्षणको केन्द्र बनाईदैछ ।
नागरीक सुरक्षा, चोरी तथा अपराध नियन्त्रणका लागि सरोकारवालाहरुसंगको समन्वय र सहकार्यमा नेपालगंजका मुख्य मुख्य चोक तथा स्थानहरुमा सिसिटिभि जडान ।
नेगउमनपा कार्यालयमा जनकार्य सहजताका लागि नागरिक सहायताकक्षको स्थापना गरी काम शुरुवात गरिएको ।
ट्राफिक ब्यवस्थापनका लागि निशुल्क पार्किङ स्थल तय गरि ब्यवस्थापन कार्य थालनी गरिएको ।
४ वटा आधुनिक घुम्ति सार्वजनिक शौचालय सञ्चालन प्रक्रियामा रहेको ।
सामाजिक सुरक्षाभत्ता वितरण कार्यलाई बैंक मार्फत वडाबाटै वितरणका लागि केही वडाबाट अभ्यास थालनी ।
सडकबिस्तार विबाद समाधानका लागि सर्वदलिय समिति गठन गरि कार्य थालनी ।ड्ड छाडापशु नियन्त्रणका लागि वडा नं. २१ मा खुल्ला कान्जिहाउस निर्माण कार्य अन्तिम चरणमा ।
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरमा नमुना मासुपसल सुधार (१० ओटा फ्रेसहाउस लाई  हजारका दरले अनुदान उपलब्ध)
डेरी पसल सुधार कार्यक्रम (५ डेरीलाई १ लाखका दरले अनुदानउपलब्ध )
छाडा कुकुरको जन्मदर नियन्त्रणका लागि १९० कुकुरको बन्ध्याकरण गरिएको ।
वडा नं.न ४ मा स्वास्थ्य प्रवद्र्धन र वडा न २३ मा शहरी स्वास्थ्य केन्द्र स्थापना ।
कृषि ब्यवसाय प्रवद्र्वन तथा बजार बिकास कार्यक्रम सम्पन्न । (तरकारी संकलन केन्द्र वडा न.१७)
वडा नं. १ मा ८ बर्षदेखि माथि १४ बर्षमुनिका बालबालिकाहरुका लागि बांके जिल्ला फुटबल संघसंगको सहकार्यमा फुटबल एकेडेमि निर्माण तथा प्रशिक्षण कार्य भै रहेको ।
उज्यालो अभियान अन्तर्गत नगर तथा वडाहरुमा एल.इ.डि.बल्ब तथा स्ट्रीटलाइट जडान ।
मूख्यबजार तथा वडाभित्रका गरी करिब १८.१५ किलोमिटर कालोपत्रे सडक निर्माण कार्य सम्पन्न ।
८.३० कि.मि.आर.सि.सि. र पीसिसी बाटो निर्माण कार्य सम्पन्न ।
३०.५० कि.मि.नाला निर्माण ।
भिन्न वडाहरुमा गरि १० वटा पुल निर्माण कार्य सम्पन्न ।
योजना तथा कार्यक्रमहरुको कार्यान्वयन तथा प्रगती जानकारी गराउनको लागि वेवसाईट www.nepalgunjsubmetropolitan सञ्चालनमा ल्याईएको छ ।
नगरवासी तथा सेवाग्राहीको गुनासो सुन्ने र सम्वोधनको पहलका लागि टोल फ्रि नम्वर (१६६०८१५२०५२) राखीएको छ ।
वडा तथा नगरपालिकाका सार्वजनिक सुनुवाई, खर्च सार्वजनिक, अनुगमन तथा मूल्यांकन समितिको सिफारिश अनिवार्य गर्ने गरिएको छ ।
आ.व.०७५/७६ मा जारि केही मुख्यकार्यहरु
आ.व.२०७५ /७६ मा रु.२ अर्व ४३ करोड बजेट बिनियोजित (जसमध्ये भौतिक पूर्वाधार तर्फ २३० ओटा योजनाहरु) ।
सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण अन्तिम चरणमा रहेको ।
१५० वडा सोलार बत्ति जडान कार्य सुर्खेत रोड र २३ वटै वडाहरुमा जारि ।
वडा न. २३ मा निर्माणाधिन आधुनिक ल्याण्डफिल्ड साइडको जग्गाको विवाद समाधान गरी थालिएको निर्माण कार्य अन्तिम चरणमा ।
महेन्द्र वहुमुखी क्याम्पसमा डिग्रीब्लक भवन निर्माण कार्य शुभारम्भ ।
गाऊँ नगर साझेदारि कार्यक्रमको निरन्तरता ।
वडा नं. १ र वडा नं. १८ मा रहेको वाटर पार्क निर्माणकार्य ७० प्रतिशत सम्पन्न भै बाँकी कार्य भईरहेकोे ।
सुर्खेतरोड र खजुरारोडमा निजिक्षेत्रको सहकार्यमा सरसफाई संचालनमा ।
अब्यवस्थित ठेला ब्यवस्थापन कार्य योजना सम्पन्न भई कार्यान्वयन प्रक्रियामा रहेको ।
महेन्द्रपार्क पूनर्निमाणकार्य ३ महिनाभित्र सम्पन्न भै संचालनमा आउने ।
आव.०७५/७६ सम्ममा गरिने केही मुख्य योजना तथा कार्यहरु
नेगउपमनपाका महत्वपूर्ण चौक सहित १६ स्थानहरुमा हाईमास्ट जडान
घरनक्शा बनाउंदा परामर्शदाताबाट लिइने शुल्कमा एकरुपता कायम गरिने ।
ट्राफिक ब्यवस्थापनमा विशेष पहल (मालवाहक सवारी साधनलाई शहरी क्षेत्रभित्रलोड अनलोडका लागि निष्चित समय तोकिने, अटोरिक्सा संचालनमा जोर बिजोर प्रणाली तथा यातायातमा दर्ताका लागि पहल ।)
डिजिटल होडिङ्गबोर्ड नीजि क्षेत्रको लगानीमा प्रतिक्षालय, प्रहरी बिट तथा सडक सोलार बत्तिजडान ।
आकाशे पुल, गल्र्सकलेज, गल्र्सस्कुल र सपिंग कम्पलेक्स निर्माणकालागि डिपिआर निर्माणगरि कार्ययोजना अगाडि बढाउने ।
बहाल करका लागि मापदण्ड तयार गर्ने ।
वडा नं. १ मा अधुरो निर्माण अवस्थामा रहेको स्वास्थ्यचौकि निर्माणकार्य अगाडि बढाउने ।
स्वास्थ्य विमा कार्यक्रम कार्यान्वयन गर्ने ।
वाटर पार्क छेउमा पिकनिक स्थल र बालउद्यान निर्माण
अन्य ६ स्थानमा बालउद्यान निर्माण गरिने ।
नयां वडाहरुमा सार्वजनिक शौचालय निर्माण गरिने ।
महेन्द्र पार्क र रानितलाउमा फ्रीवाईफाई जडान गरिने ।


साझाअभियान
नगर स्वच्छ र सौन्दर्य करण कार्यक्रम ।
ध्वनि प्रदुषण न्यूनिकरण तथा नियन्त्रणका लागि विशेष पहल गरिने ।
बालिका उच्चशिक्षालाई प्राथमिकता दिई कार्यक्रम÷योजना ल्याईने ।
यातायात ब्यवस्थापन ।
स्वच्छ खानेपानिको पहुँचता बढाउने ।
ब्यवस्थित सडक, घर, नाला निर्माणमा स्पष्ट निति ल्याईने ।
खानेपानी, सञ्चार, विद्युत र सडकविचको समन्वय र सहकार्यमा जोड दिईने ।
सञ्चार प्रविधिको उच्चतम प्रयोग ।

Next Post

सूर्यभक्त–पतनादेवी पत्रकारिता पुरस्कार पोषण केसीसहित चारलाई

२० पुष २०७५, शुक्रबार १८:१२
नवलपरासी : सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यसवर्ष चार पत्रकारलाई प्रदान गरिने भएको छ । सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ बाट दुई र सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ दुई गरी यसैवर्ष चार जनालाई एकैपटक प्रदान गरिने निर्णय भएको हो । पुरस्कार पाउने पत्रकारमा क्रमशः पोषण केसी. (न्यूनतम पारिश्रमिक […]

सम्बन्धित