लयान्सले भुरीगाउमा निःशुल्क स्वास्थ्य शिविर गर्दै

१७ पुष २०७५, मंगलवार १९:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : लयान्स क्लव ईन्टर नेशनल डिष्टिक ३२५बि–२ अन्तरगतको एरिया नं.६ मा रहेका क्लबहरुको आयोजनामा बर्दियाको भुरिगाउमा आगामी शनिबार अर्थात पुस २१ गते बृहद निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ ।
सो स्वास्थ्य शिविरका संयोजक तथा पूर्व डिष्टिक गर्भनर सेम शाक्यले दिएको जानकारी अनुसार आउदो शनिबार बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउमा रहेको त्रीभुवन उमावि भुरीगाउमा विशेषज्ञ सहितको निशुल्क बृहद स्वास्थ्य शिविरको आयोजना गरिने भएको हो ।
सो कार्यक्रममा स्तन तथा पाठेघरको कयन्सर, हाडजोर्नी, सर्जरी, स्त्रीरोग, बालरोग फिजिसियन, डेन्टललगायतको बिज्ञहरुले सेवा दिने गरी तयारी भएको आयोजकले जनाएको छ । ‘धेरै भन्दा धेरैको सहभागिता हुनेगरी विभिन्न रोगका विशेषज्ञलाई सो शिविरमा लैजान लागेका छौ । यसको लागि लायन्स क्लवका एरिया नं. ६ का सबै क्लबका साथिहरु, डिष्टिकका लायन्स लिडरहरुको सक्रिय सहभागिता रहेको छ’–संयोजक तथा पूर्व डिस्टिक गर्भनर शाक्यले भने ।
सो निशुल्क स्वास्थ्य शिविरमा भेरी अञ्चल अस्पताल नेपालगन्जमा कार्यरत डा. श्यामसुन्दर यादव सर्जरी, डा. प्रकाशबहादुर थापा हाडजोर्नी, डा कल्पना थापा स्त्रीरोग, डा. कृष्णप्रसाद अधिकारी मुटुरोग, डा. खगेन्द्र जंग शाह फिजिसियन, सुशीलकोइराला प्रखर क्यानसरअस्पतालका डा. विश्वराम पौडेल, नेपालगन्ज मेडिकल कलेजबाट डा रोमा बोरा बालरोग र लायन्स डेन्टल अस्पताल नेपालगन्जका डा पल्लव शर्मा डेन्टल सर्जनलगायतका विशेषज्ञको टोलीले सेवा दिने तय भएको छ ।तस्बीर गुगलको सहयोगमा तयार पारिएको हाे ।

Next Post

बालमैत्री स्थानीय शासन तालिम सुरु .

१७ पुष २०७५, मंगलवार १९:४९
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगर वडानं. ७ को आर्थिक सहयोगमा दुई दिने बालमैत्री स्थानीय शासन सम्बन्धित तालिम सुरु भएको छ । तालिमको उद्दघाटन गर्दै वडा अध्यक्ष जुम्मन खाँले वडा कार्यालयले बालमैत्री वडा निर्माण गर्नको लागि वडास्तरबाट १० दिन लगाएर गरिएको घरधुरी सर्वेक्षणले पनि वडाका सबै बालबालिका विद्यालय जाने पाईएको तथ्याङ्क […]

सम्बन्धित