पाँच नंम्बर प्रदेशले मघी पर्वमा दुईदिने बिदा दिने

१७ पुष २०७५, मंगलवार १९:०५
 

सदरलाइनडटकम,
बुटवल :  माघी पर्वको अवसरमा प्रदेश नं. ५ ले दुई दिन विदा दिने भएको छ । पाँच नं. प्रदेसको मन्त्रिपरिषदले माघी (माघे सक्राती)का अवसरमा दुई दिने विदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको पुस १८ गते मंगलबार बसेको बैठकले प्रदेसमा थारु, मगर तथा माघी पर्व मनाउनेहरुको बाहुल्यता रहेको साथै पहाड र तराईमा यस पर्वको छुट्टै परम्परा र महत्व भएको कारण सो पर्व मनाउन प्रदेश नं. ५ को मन्त्रिपरिषदले दुई दिने विदा दिने निर्णय गरेको हो ।
पाँच नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखे्रलका स्वकिय सचिव सरोज रेग्मीका अनुसार विभिन्न पर्वसहित माघिको अवसरमा प्रदेशनं. ५ का मुख्यमन्त्री पोख्रेलले पुस ३० गते चियापानको आयोजना गर्ने भएका छन् ।

Next Post

लयान्सले भुरीगाउमा निःशुल्क स्वास्थ्य शिविर गर्दै

१७ पुष २०७५, मंगलवार १९:०५
सदरलाइनडटकम, नेपालगञ्ज  : लयान्स क्लव ईन्टर नेशनल डिष्टिक ३२५बि–२ अन्तरगतको एरिया नं.६ मा रहेका क्लबहरुको आयोजनामा बर्दियाको भुरिगाउमा आगामी शनिबार अर्थात पुस २१ गते बृहद निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । सो स्वास्थ्य शिविरका संयोजक तथा पूर्व डिष्टिक गर्भनर सेम शाक्यले दिएको जानकारी अनुसार आउदो शनिबार बर्दिया ठाकुरबाबा […]