प्रयोग बारे जनप्रतिनिधि र सेवाग्राही अनविज्ञ

१७ पुष २०७५, मंगलवार ११:४२
 

सदरलाइन/रुद्र सुवेदी ,
नेपालगञ्ज  : बाँकेका स्थानीय तह सूचनाको क्षेत्रमा प्रविधिमैत्री बन्दै जाँदा प्रविधिको उपयोगिता गर्ने तौर तरिका बारे जनप्रतिनिधि नै अनविज्ञता रहेको पाईएको छ ।
सेवाग्राहीको सहजताको लागि वेबसाइडमार्फत् सूचना प्रवाह गर्दै आएका स्थानीय तहले सूचनालाई प्रभावकारी बनाउन र सूचना तथा जानकारी सहज रुपमा जनतासमक्ष पुर्याउन प्रविधिलाई माध्यम बनाएको दाबी गरे पनि जनप्रतिनिधि र सेवाग्राहीले नै सो प्रविधिको प्रयोग नगर्दा लगानी खेर गएको जस्तो भएको नेपालगन्ज उप–महानगरका प्रवक्ता समेत रहेका वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजालले बताए ।
उनले भने–‘सुचना र प्रविधिको क्षेत्रमा उप–महानगरलाई अब्बल बनाउने उद्देश्यले आफ्नै बेभसाईट सहितको मोबाईल एप्स निर्माण गरिए पनि एप्सको प्रयोग तथो उपयोगिता बारे जनप्रतिनिधिलाई नै राम्रो ज्ञान नहुँदा सेवाग्राहीलाई सेवा दिन र प्रयोगको बारे झनै कठिन भएको छ ।’
उनले उप–महानगरले एकवर्ष अघि काठमाण्डौको लिभिङ्ग ल्याब्स नामक संस्थासंगको सहकार्यमा मोबाईल एप्स निर्माण गरी सर्वाजविक गर्नु बाहेक अन्य कुनै काम हुन नसकेको बताए । उनले उप–महानगरका जनप्रतिनिधि र कर्मचारीलाई एप्सको प्रयोगको बारेमा पूर्ण ज्ञान हुने गरी अभिमुखिकरण गरी आईटी शाखाको पहलमा वडाका प्रत्यक टोलमा मोबाईल एप्सको बारेमा सेवाग्राहीलाई जानकारी गराउन आवश्यकता रहेको औल्याए ।
नेपालगन्ज उप–महानगर वडा नं–१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीले पनि मोबाईल एप्सको बारेमा केही जानकारी भए पनि प्रयोगमा भने अलमलमा परेको बताए ।
नेपालगन्ज उप–महानगरका आईटि अफिसर घनश्याम बर्माले आर्थिक वर्ष २०७४÷२०७५ मा लिभिङ्ग ल्याब्सको सहयोगमा उप–महानगरपालिकाको योजनाहरुको नक्शाङ्कन गरी राखिएको भए पनि चालु आर्थिक वर्षमा उप–महानगरसंग जनशक्ति अभावको कारण योजनाको नक्शाङ्कन गरी अपडेट गर्न नसकिएको जानकारी दिए ।
उनले भने–‘ नेपालगन्ज उप–महानगरपालिकाको मोवाईल एप्स निर्माण भएर जारी भएको करिव एक वर्ष हुन लाग्दा करिव ८ सयले एप्स डाउनलोड गरेको तथ्याङ्कमा देखिएको छ । यसको प्रयोगको बारेमा भने टोल–टोल र वडातहमा पुगेर अभिमुखिकरण गर्न आवश्यक देखिएको छ ।’
यसैगरी मोबाइल एप सञ्चालनमा ल्याउने बाँकेको अरु स्थानीय तह हुन कोहलपुर नगरपालिका, बैजनाथ गाउपालिका र खजुरा गाउँपालिकाले मोबाइल एप सञ्चालनमा ल्याएको पत्रकार सम्मेलन र केही सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन । जानकी, नरैनापुर र राप्ती सोनारीले मोबाईल एप सञ्चालनको तयारीमा छन् भने डुडुवाले प्रकृया सुरु गर्ने जनाएको छ ।
कोहलपुर नगरपालिकाका आईटी शाखा प्रमुख राजेश चापागाईले नगरपालिकामा हुने गतिविधि, क्रियाकलाप, योजना तथा आयोजनाका बारेमा सर्वसाधारणलाई जानकारी दिन मोबाइल एप निर्माण गरी प्रयोगमा ल्याएको र सार्वजनिक गर्ने बेलामा गरिएको कार्यक्रम बाहेक कोहलपुर नगरपालिकाको फेशबुक पेजमा राखेको बताए ।
उनले भने–‘ नगरपालिकाको वेभसाईट र मोबाईल एप्स निर्माण गरी सार्वजनिक गरियो । त्यो बाहेक सेवाग्राहीको लागि यसको प्रयोगको बारेमा जानकारी गराउने खालका क्ुनै गतिविधि भने गरिएको छैन ।’
उनले एन्ड्रोइड फिचरमा विकास गरिएको एपमा नगरपालिकाको प्रोफाइल, नीति तथा कार्यक्रम एवं बजेट, गौरवका आयोजनाहरू, नगरपालिका तथा वडाहरूका नागरिक वडापत्र, उजुरी तथा गुनासाहरू समावेश गरिएको बताए पनि सेवाग्राहीले यसको उपयोगिताको बारेमा अनभिज्ञ हुँदा आउनु पर्ने जति प्रयोगमा आउन नसकेको बताए ।
घरमै बसेर सेवाग्राहीले आफ्नो स्थानीय तहका सम्पूर्ण गतिविधि बारे जानकारी लिन सक्ने, पालिकाबाट प्रवाह गरिने सेवा, सुविधालगायतका हरेक विषयवस्तुलाई समावेश गरिएकाले मोबाइल एपको यथेष्ट प्रयोग गरी लाभान्वित हुनसक्ने दाबी गर्दै स्थानीय तह सूचना तथा प्रविधि मैत्री हुन खोजे पनि त्यसको प्रयोग गर्न नजान्दा पुरानै ढर्रामा जनप्रतिनिधिले काम गर्ने गरेको पाईएको हो ।
मोबाइल एपलाई अध्यावधिक गरी नयाँ फिचर्सहरू थप्दै जाने कुरामा जोड दिदै खजुरा गाउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले भने–‘वर्तमानबाट सिकेर भविष्यका लागि थप सुविधायुक्त एप बनाइने छ । गाउँपालिकाले प्रबाह गर्ने सेवाको जानकारी घरमै बसेर लिन सकिने गरी मोबाइल एप सञ्चालनमा ल्याएको हो ।’
एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लिकेशनमार्फत् गाउँपालिकाले प्रवाह गर्ने सेवा, सुविधा हेर्न सकिने उनले जानकारी दिए । उनले सूचना तथा जानकारी र सेवा हेर्न सकिने गरी मोबाइल एप सञ्चालनमा ल्याएको बताए । ‘एपमार्फत् गाउँपालिकाले दिने सेवाहरू, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा विवरण, महत्वपूर्ण स्थानहरूको जानकारी र आपतकालीन नम्बर उपलब्ध हुने छ,’ प्रमुख कक्षपतिले भने। सूचनामैत्री बनाउन बाँकेका स्थानीय तहले वेबसाइडसमेत संचालनमा ल्याएका छन् । स्थानीय तहले अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यकारी प्रशासकीय अधिकृत, महत्वपूर्ण फोन नम्बर, सूचना अधिकारी लगायतको नाम र सम्पर्क नम्वर वेबसाइडमा राखेका छन् ।
त्यसैगरी, महत्वपूर्ण सूचना, जानकारी, बडापत्र, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, कार्यक्रम र अभियानको जानकारीसमेत वेबसाइडमार्फत् दिँदै आएका छन् । ‘सेवा, सुविधा, सूचना र जानकारी लिन पटक–पटक फोन गर्नुपर्ने बाध्यता वेबसाइडले दुर गरेको भएपनि प्रयोगको बारेमा गाउपालिकाले कुनै पनि सचेतना मूलक गतिविधि ल्याउन नसकेको कारण चाहे जति प्रयोग हुन नसकेको गाउपालिकाका आईटी शाखा प्रमुख सुरेश साहुले बताए ।
यसैगरी बैजनाथ गाउपालिकाका आइटी शाखाका प्रमुख अमर ठाकुरले पनि गाउपालिकाले मोवाईल एप्स सञ्चालनमा ल्याए पनि सेवाग्राहि र जनप्रतिनिधिलाई यसको प्रयोग र उपयोगिताको बारेमा जानकारी दिने गतिविधि नगरेको बताए ।
नेपालगन्ज उप–महानगरका उपप्रमुख उमा थापामगरले मोवाईल एप्सको निर्माण गरी सर्वजनिक गरिएपनि त्यसको उपयोगिताबारे जनप्रतिनिधि र सेवाग्राहीलाई जानकारी गराउन नसक्दा त्यस क्षेत्रमा गरेको लगानी खेर गएको जस्तो देखिए पनि निकट भविश्यमा यसको उपयोगितालाई व्यापक प्रचार प्रसार गरि यसबाट फाईदा लिन पर्नेमा जोड दिईन ।

Next Post

पाँच नंम्बर प्रदेशले मघी पर्वमा दुईदिने बिदा दिने

१७ पुष २०७५, मंगलवार ११:४२
सदरलाइनडटकम, बुटवल :  माघी पर्वको अवसरमा प्रदेश नं. ५ ले दुई दिन विदा दिने भएको छ । पाँच नं. प्रदेसको मन्त्रिपरिषदले माघी (माघे सक्राती)का अवसरमा दुई दिने विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको पुस १८ गते मंगलबार बसेको बैठकले प्रदेसमा थारु, मगर तथा माघी पर्व मनाउनेहरुको बाहुल्यता रहेको साथै […]