प्याव्सन बाँकेको अध्यक्षमा आचार्य निर्वाचित

१६ पुष २०७५, सोमबार २१:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्याब्सन बाँकेको अध्यक्षमा राजेन्द्र आचार्य निर्वा्चित भएका छन् । नेपालगञ्जमा सोमवार सम्पन्न १४ औं जिल्ला अधिवेशनले दीपक बोर्डिङ स्कुल खजुराका सञ्चालक आचार्यको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
कार्य समितिको बरिष्ठ उपाध्यक्षमा दिनेश सिग्देल, उपाध्यक्षमा स्वामी डांगी र मनोज गिरी, सचिवमा रोशनकाजी श्रेष्ठ, सहसचिवमा उदय आले र लक्ष्मण सिंह, कोषाध्यक्षमा दिनेशराज शर्मा र सह कोषाध्यक्षमा भिमबहादुर खड्का निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा कल्याणकुमार नाग, पुर्णप्रसाद शर्मा, सलाउद्दिन खान, पुष्पराज गुरुङ र राजन राना मगर निर्वाचित भएका छन् ।
प्याव्सन बाँकेका अध्यक्ष राजेश केशर खनालको अध्यक्षतामा भएको अधिवेशनको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले उद्घाटन गरेका थिए । अधिवेशनमा प्याव्सनका बरिष्ठ उपाध्यक्ष डिके ढुंगाना, बरिष्ठ सल्लाहकार टिकाराम पुरी, उपाध्यक्ष कृष्ण अधिकारी, निर्मल उपाध्याय, सचिव आरबी कटुवाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

Next Post

नयाँ वर्ष २०१९ हर्षोल्लासका साथ मनाईंदै

१६ पुष २०७५, सोमबार २१:४७
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : पुरानो वर्ष २०१८ को विदाई र नयाँ अँग्रेजी वर्ष २०१९ को स्वागत गर्दै मनाईंदै छ । ग्रेगोरियन पात्रोअनुसार आज अर्थात् मंगलवारदेखि इस्वी सन्को नयाँ वर्ष सन् २०१९ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो […]

सम्बन्धित