खजुरामा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

१६ पुष २०७५, सोमबार २१:३६
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले सोमवारदेखि जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा नं. १ को राधापुरबाट जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा शुरु गरिएको हो ।
शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले जेष्ठ नागरिकका लागि यो वर्ष २ पटक विशेषज्ञ सेवासहितको शिविर संचालन गरिने जानकारी दिए । उनले गत वर्षदेखि नै घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई सेवा दिने गरेकोमा यो वर्षदेखि यसलाई अझ प्रभावकारी ढंगले संचालन गर्न लागिएको बताए ।
क्रमशः सबै वडामा १÷१ दिन शिविर संचालन हुने जानकारी दिँदै आँखा, कान, रक्तचाप, मधुमेहलागयतका सेवा विहशेषज्ञ टोलीले दिइरहेको निः शुल्क स्वास्थ्य शिविर संचालन संयोजक लक्ष्मी वलीले जानकारी दिइन् । कार्यक्रममा भेरी अंचल अस्पताल, फत्तेवाल आँखा अस्पताल, व्रिनोज कान अस्पतालबाट विषशेज्ञसहितको टोली ८ दिन नै खटिनेछ ।
वडा नं. १ का वडाध्यक्ष सुमन मल्लले निर्वाचनका बेला गरिएका वाचा पूरा गर्दै जेष्ठ नागरिकलाई सेवा दिएको बताए । गाउँमै निःशुल्क स्वास्थ्य जाँच र औषधी उपचार पाएपछि जेष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् ।

Next Post

प्याव्सन बाँकेको अध्यक्षमा आचार्य निर्वाचित

१६ पुष २०७५, सोमबार २१:३६
सदरलाइनडटकम, नेपालगञ्ज : प्याब्सन बाँकेको अध्यक्षमा राजेन्द्र आचार्य निर्वा्चित भएका छन् । नेपालगञ्जमा सोमवार सम्पन्न १४ औं जिल्ला अधिवेशनले दीपक बोर्डिङ स्कुल खजुराका सञ्चालक आचार्यको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । कार्य समितिको बरिष्ठ उपाध्यक्षमा दिनेश सिग्देल, उपाध्यक्षमा स्वामी डांगी र मनोज गिरी, सचिवमा रोशनकाजी श्रेष्ठ, […]