सुर्खेतबाट बेपत्ता तीन बालिका बुुटवलमा भेटिए

१५ पुष २०७५, आईतवार १५:४३
 

सदरलाइनडटकम,
सुर्खेत : विद्यालय जान्छौँ भनेर बेपत्ता भएका सुर्खेतको सिम्ता गाउँपालिकाका तीनजना बालिका बुटवलमा भेटिएका छन् । गत पुष १० गते सिम्ता गाउँपालिका ९ खानिखोलाकी १४ वर्षीया निशा सिंह ठकुरी, सोही ठाउँकी १५ वर्षीया यमुना खत्री र उनकी १२ वर्षकी बहिनी रिसिमा खत्री स्कुल जान्छौँ भनेर बेपत्ता भएका थिए ।
उनीहरुलाई आइतवार बिहान बुटवल पासपार्क आसपास भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख निरज चौलागाईले बुटवल प्रहरीको सहयोगमा उनीहरुलाई फेला पारिएको बताए । उनका अनुसार एकजना मानिससँगै उनीहरु बुटवल बसपार्कमा भेटिएका हुन् । प्रहरीले ती मानिसको नाम खुलाएको छैन ।
बुटवल फूपूको घर जाने भन्दै कोहलपुरसम्म उनीहरु गएको र त्यहाँबाट बुटवल जाने गाडी खोजेको अनुसन्धानमा पत्ता लागेपछि प्रहरीले बुटवल बसपार्कमा उनीहरुलाई फेला पारेको हो ।

Next Post

बाँकेमा यस वर्ष छिट्टै योजना कार्यान्वयनको चरणमा

१५ पुष २०७५, आईतवार १५:४३
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेका स्थानीय तहमा विगत बर्षमा भन्दा छिटो गरी विकास निर्माणका योजना शुरु भएका छन् । आर्थिक बर्ष शुरु भएको ६ महिनाभित्रै योजना कार्यान्वयन भएपछि असारभित्रै काम सम्पन्न हुनेमा नागरिक ढुक्क देखिएका छन् । खजुरा गाउँ पालिकाका प्राविधिक शाखा प्रमुख ईञ्जिनियर कञ्चन तिवारीले खजुरा गाउँपालिका अन्तर्गत चालु […]