नरैनापुरमा शैक्षिक सामग्री हस्तान्तरण

१५ पुष २०७५, आईतवार १४:५६
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा शुरु भएको साक्षरता अभियानका लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहजकर्ताहरुलाई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आइतवार सहजकर्ताहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
चैत महिनाभित्र ३ हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्य अनुसार गाउँपालिकाका ६ वटै वडामा खटिने एक सय जना सहजकर्तालाई १४ लाख मूल्य बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । सहजकर्ता र कक्षा लिनेहरुलाई आवश्यक पर्ने किताब, कापी, कलम, बोर्ड, मार्कर लगायतका सामग्री हस्तान्तरण गरिएको अभियान सञ्चालन गरिरहेको संस्था ग्रामीण समाज उत्थान मञ्ज–रुसुफ नेपालका अध्यक्ष मुस्ताक अलि राईले बताए ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष शाहले गाउँपालिकालाई औंठाछाप मुक्त बनाउन साक्षरता अभियान थालेको बताउँदै कक्षामा उत्साहपूर्वक सहभागी हुन बिद्यार्थीलाई आग्रह गरे । हरेक वडामा सञ्चालन हुने, प्रत्येक कक्षाको अनुगमन गरिने भन्दै उनले परिणाम देखिने गरी काम गर्न सहजकर्ताहरुलाई निर्देशन दिए । नरैनापुरमा १२ हजार नागरिक निरक्षर रहेको बताइएको छ ।

Next Post

मिस पूर्वाञ्चलको उपाधि पूजाको पोल्टामा

१५ पुष २०७५, आईतवार १४:५६
सदरलाइनडटकम, सुनसरी : मिस पूर्वाञ्चल २०१८ को उपाधि झापाकी पूजा श्रेष्ठले जितेकी छिन । सुनसरीको धरानमासम्पन्न कार्यक्रममा उनले मिस पूर्वाञ्चलको ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत हात पारिन् । प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्ट रनरअप बन्न सफल भएकी छिन् । उनले नगद एक लाखसहित विभिन्न पुरस्कार […]

सम्बन्धित