साइकल दौड प्रतियोगितामा तामाङ प्रथम

१४ पुष २०७५, शनिबार १६:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा बुुद्धिबहादुुर तामाङ्ग प्रथम भएका छन् । उनले ५५ किलोमिटरको दुुरी १ घण्टा ५७ मिनेटमा पुरा गरेर प्रथम भएका हुन् ।
नेपालगन्ञ्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणाले प्रतियोगिताको सिट्टी फुुकेर उद्घाटन गरेका थिए । उपमहानगरपालिकाको सहयोगमा नेपालगञ्ज साइक्लिङ क्लवको आयोजना तथा नेपालगञ्ज फोटो वाकरर्सको सहकार्यमा शनिवार भएको प्रतियोगितामा साधारण र प्रोफेशनल गरी दुई बिधामा प्रतिस्पर्धा भएको थियो । साधारण विधातर्फ २५ किलोमिटर र प्रोफेशनलतर्फ ५५ किलोमिटर साइकल दौड प्रतियोगिता समावेश गरिएको क्लवका सचिव गगन थापाले बताए ।


साधारण साइकल दौड वीपीचोकबाट शुरु भई कोहलपुर पिपरी चोक पुगेर पुनः वीपी चोक पुगेको थियो । साधारण विधातर्फ २५ किलोमिटरमा पुुरुषतर्फ जंगुु थारु प्रथम, जितेन्द्र चौहान दोस्रो र सुुमन चौधरी तेस्रो भएका छन् । महिलातर्फ पार्वती सार्की प्रथम, सिता सार्की दोस्रो र टिका खड्का तेस्रो भइन् । विजेताहरुलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार बराबरको साइकल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।



त्यस्तै प्रोफेशनल साइकल दौडतर्फ वीपी चोक, कोहलपुर, च्यामा चोक, सम्झना चोक, खजुरा चोक, धम्बोजी हुँदै वीपी चोकसम्मको रुट तय गरिएको थियो । प्रोफेशनलतर्फ ५५ किलोमिटर साइकल दौड प्रतियोगितामा प्रथम बुद्धिबहादुुर तामाङ्ग, दोस्रो हिक्मत बिक, तेस्रो अविनाश टेक बहादुुर बस्नेत भएका छन् । प्रतियोगितामा प्रोफेशनलतर्फ प्रथम, द्धितिय र तृतियलाई क्रमशः ३५ हजार, ३० हजार र २५ हजार बराबरको साइकल पुस्कार दिईएको छ ।
प्रतियोगितामा १ सय ३१ जना सहभागी भएका थिए । बिजेताहरुलाई मेयर राणा, उपमेयर उमाथापा मगर, क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भिम ओली, नेपालगञ्ज साइक्लिङ्ग क्लबका अध्यक्ष केशरबहादुुर आलेले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।

Next Post

नेपालगञ्जमा धार्मिक महोत्सव शुरु

१४ पुष २०७५, शनिबार १६:०७
सदरलाइनडटकम, नेपालगञ्ज : विगत वर्ष जस्तै यस वर्षपनि सुन्दरकाण्ड र हनुमान चालीसा पाठ महोत्सव शनिवारदेखि नेपालगञ्जमा शुरु भएको छ । हलचल फाउण्डेशनको आयोजनामा पुष २७ गतेसम्म चल्ने महोत्वसवको उद्घाटनाका अवसरमा नेपालगञ्ज वडा नं. ८ स्थित महाकाली मन्दिरबाट विहान शोभा यात्रासहित नगर परिक्रमा गरिएको थियो । विहान ६ बजेदेखि राती साढे […]