रिहा भएका मेयर हेलिकप्टर चार्टर गरि पुगे गृहनगर

१४ पुष २०७५, शनिबार १४:३६
 

सदरलाइनडटकम,
रौतहट : रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाई पाएपछि हेलिकप्टर चार्टर गरि गृहनगर कटहरिया पुगेका छन् ।
शुक्रवार सर्वोच्चबाट सफाइ पाएका उनी शनिवार काठमाण्डौबाटै हेलिकप्टर चार्टर गरि जनता माध्यमिक विद्यालय कटहरियाको प्राङ्गणमा उत्रेका थिए । उनलाई नगरवासीले फुलमाला, खादा र दोसल्ला ओढाएर स्वागत समेत गरेका थिए ।
मेयर कुशवाहा बिरगञ्जका कासी तिवारी हत्या कान्डमा गत बैशाख महिनामा काठमाडौंबाट पक्राउ परेका थिए । उच्च अदालत बिरगंजले उनलाइ सर्वस्व सहित जन्म कैदको फैसला सुनाएपछि उनलाइ सिआइबीको टोलिले बैशाख २६ गते काठमाडौंस्थित नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सारदा घिमिरे र डम्बर शाहीको इजलाशले मेयर कुशवाहालाई सफाई दिएको हो ।

Next Post

निर्मलालाई न्याय माग्दै काठमाण्डौमा प्रदर्शन

१४ पुष २०७५, शनिबार १४:३६
सदरलाइनडटकम, काठमाण्डौ : कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडी प्रर्दशन गरिएको छ । विवेकशिल साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानरमा सनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडी बालुवाटार चोकमा प्रर्दशन गरिएको हो । न्याय मर्न नदिऔ, सत्य हार्न नदिऔ भन्ने नारासहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको […]