स्वर्गीय राजा वीरेन्द्र शाहको आज जन्मदिन

१४ पुष २०७५, शनिबार १३:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : स्वर्गीय राजा वीरेन्द्र शाहको शनिवार अर्थात् आज जन्मदिन परेको छ । उनको २००२ साल पुष १४ गते जन्म भएको हो । राजा महेन्द्र शाह र इन्द्रराज्यलक्ष्मी देवी शाहको जेष्ठ पुत्रको रुपमा उनको जन्म भएको थियो ।
स्वर्गीय राजा वीरेन्द्र शाहले प्रारम्भिक शिक्षा दरबार भित्रै लिएका थिए । उनले माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेका थिए । यसपछि बेलायतको इटन कलेज, जापान तथा अमेरिकामा पनि अध्ययन गरेका थिए । २०२२ सालमा वीरेन्द्रको ऐश्वर्य शाहसँग विवाह भयो । २०२८ सालमा बुवा महेन्द्रको निधन पछि राजा बनेका वीरेन्द्र शाहवंशीय दशौँ राजा हुन् । उनले २०३१ सालमा राज्याभिषेक लिएका थिए ।
राजा वीरेन्द्रकै समयमा २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । प्रजातन्त्र, विकास र शान्तिका लागि योगदान दिएका वीरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रवार राति भएको नारायणहिटी दरवार हत्या काण्डमा मृत्यु भयो । दरबारमा आयोजना गरिएको पारिवारिक भेटघाटका क्रममा उनको मृत्यु मात्रै भएन, वंशनाश समेत भयो ।

Next Post

भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

१४ पुष २०७५, शनिबार १३:४७
सदरलाइनडटकम, भोजपुर : भोजपुर बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस सदरमुकाम नजिकैकोे देउरालीमा ब्रेक फेल भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बसमा सवार यात्रुमध्ये चालकसहित आठजना गम्भीर घाइते भएका छन् । भोजपुर सदरमुकामबाट धरानको लागि बिहान ११ बजेको छुटको बस ब्रेक फेल भई […]