नमूना टोल विकास समिति नेपालगञ्जमा गठन

१० पुष २०७५, मंगलवार १८:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले वडा नम्बर १ लाई नमूना वडा बनाउन टोलबासीसँग आग्रह गरेका छन् । वडामा तपाईहरुले क्षमतावान युवाहरुलाई निर्वाचित गरी पठाउनु भएको छ, टोल विकास समितिका लागि आयोजित दुई दिने अभिमुखिकरण कार्यक्रमको मंगलवार उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
धम्बोझीमा वाटरपार्क र चिल्ड्रेन पार्क तथा नमूना वस्ती विकास गर्न लागिएको भन्दै मेयर राणाले यो साँच्चिकै नमूनायोग्य भएको बताए । उनले नेपालगञ्जका २३ वटा वडामा टोल विकास समिति गठन गरेर वडा नम्बर १ ले उदाहरणीय कार्य गरेको बताए ।
२०५४ सालमा पहिलो पटक मेयर हुँदा नगरका सबै वडामा टोल विकास समिति गठन गरि राम्रो काम भएको स्मरण गर्दै यसपटक पनि राम्रो काम हुनेमा आफु आशावादी भएको बताए । वडा नम्बर १ बाट शुरु भएको टोल विकास समिति प्रभावकारी भएपछि नगरका अन्य वडामा पनि शुरुवात हुने उनले बताए । वडा अध्यक्ष प्रमोद रिजालका अनुसार वडाभित्र १४ वटा टोल विकास समिति गठन गरिएको छ ।
जसमध्ये प्रगतिनगर टोल विकास समितिमा अध्यक्षदेखि सदस्यसम्म महिला कार्य समितिमा रहेका छन् । यसैगरी सुन्दरनगर र मस्जिद टोल विकास समितिमा पनि महिलाको नेतृत्व रहेको छ । वडा अध्यक्ष रिजालले वडाको विकास निर्माणका लागि टोलबासी सबैको साथको सधै आवश्यकता रहेको बताए ।
वडा कार्यालय र समृद्धिका पाईला बाँकेले आयोजना गरेको अभिमुखिकरण कार्यक्रम बुधबार सम्म चल्नेछ । कार्यक्रमबा समृद्धिका पाईलाका अध्यक्ष किरण ढकाल, अधिकारकर्मी प्रकाश उपाध्याय, जिल्ला समन्वय समितिका अधिकृत मिनबहादुर मल्ल, केशव कोइराला, दीपक बोहरा, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुलगायतले सहिजकरण गर्दैछन् ।

Next Post

महामारी फैलिएपछि निःशुल्क खोप अभियान

१० पुष २०७५, मंगलवार १८:१६
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका–.५ कम्दीमा महिनौदेखि बाख्रामा फैलिएको अज्ञात रोग महामारी पिपिआर भएको ल्याब परीक्षणमा देखिएको छ । बाख्राको रगत नमुना संकलन गरि पशुरोग अन्वेषण प्रयोगशाला विरेन्द्रनगर सुर्खेतमा पठाएपछि गरिएको ल्याब परीक्षणका आधारमा पिपिआर रोग भएको प्रमाणित भएको हो । रोग प्रमाणित भएपछि सोही अनुसार औषधी उपचार […]

सम्बन्धित