इसाई धर्मावलम्बीले क्रिसमसडे मनाउँदै

१० पुष २०७५, मंगलवार १७:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : इसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी मंगलवार क्रिसमस डे मनाइरहेका छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवका रुपमा २५ डिसेम्बरमा क्रिसमस डे मनाइने गरिन्छ ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या अर्थात् अविवाहित मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाई छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी सम्वत् चलाइएको विश्वास छ ।
नेपालमा हजारौं चर्च तथा ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान छ । ०६४ अघिसम्म क्रिसमस डे चर्चमा मात्र सीमित हुने गरेकोमा केही वर्षदेखि सार्वजनिक स्थलमै विविध सांगीतिक कार्यक्रम गरेर मनाउने गरिएको छ । क्रिसमसका उपलक्ष्यमा काठमाण्डौको ठमेल, बौद्धमा कार्यक्रम हुने गरेको छ । त्यस्तै ललितपुर, भक्तपुर, पोखरा, नेपालगञ्जलगायतका ठाउँमा पनि सांगीतिक कार्यक्रम गर्ने गरिएको छ ।
क्रिसमस ट्रीलगायतका सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ । क्रिसमसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । सरकारले ०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिने गरेकोमा गत वर्षबाट कटौती गरेको छ । यद्यपि, क्रिश्चियन धर्मालम्बीले भने पर्वको दिन बिदा पाउँछन् ।

Next Post

संविधान संशोधन गर्न प्रधानमन्त्री ओली सहमत

१० पुष २०७५, मंगलवार १७:३०
सदरलाइनडटकम, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय जनता पार्टी, नेपालको संविधान संशोधन गर्नुपर्नेलगायतका माग तत्काल सम्बोधन गर्न तयार भएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहेका् राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग मंगलवार बिहान सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्नेलगायतका माग छिटोभन्दा छिटो समाधान गरेर […]