बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री पोखरेल पुगे ट्रमा सेन्टर

९ पुष २०७५, सोमबार १४:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्री बस दुर्घनामा घाईतेको अवस्था बुझ्न मुख्यमन्त्री शंकर पोखरेल सोमवार अस्पतालमै पुगेर जानकारी लिएका छन् । मुख्यमन्त्री पोखरेलले अस्पतालमा उपचार गराई रहेका विरामीको अवस्थाको बारे त्यहाँ कार्यरत डाक्टर र स्वाथ्यकर्मीसँग जानकारी लिएको उनका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिए ।
काठमाण्डौको ट्रमा सेन्टरा उचारका गराईरहेका विरामीमध्ये दुई जनालाई सोमवारनै अस्पतालले डिस्चार्ज गर्नेछ भने तीन जनाको आईसियूमा उपचार भईरहेको छ । जसमध्ये एक जनाको अझै होस नखुलेको र दुई जना विरामीको सोमवार अप्रेशन गरिने भन्ने बारे चिकित्सकहरुले जनाकारी गराएका छन् । अन्य विरामीको जनरल वार्डमा उपचार भईरहेको मुख्यमन्त्री पोखरेललाई जानकारी गराएको स्वकीय सचिव रेग्मीले बताए ।
दाङको कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा शुक्रवार बेलुका बस दुर्घटनामा परेको थियो ।
बस दुर्घटनामा घाईतेलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्न सम्भव नभएको भन्दै थप उपचारका लागि मुख्यमन्त्री पोखरेलको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि शनिवार काठमाण्डौ लगिएको थियो ।

Next Post

निर्मलाको हत्यारा पत्ता लगाइदिन राष्ट्रसंघलाई आग्रह

९ पुष २०७५, सोमबार १४:३४
सदरलाइनडटकम, काठमाण्डौ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह गरिएको छ । ५ महिना बित्न लाग्दासमेत सरकारले निर्मलाको हत्यारा पत्ता लगाई कारबाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर सोमवार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको […]