आगलागी हुँदा दाङमा एक बालकको मृत्यु

८ पुष २०७५, आईतवार १७:३५
 

सदरलाइनडटकम,
दाङ : आगलागी हुँदा दाङमा एक बालकको मृत्युभएको छ । जनावर भगाउनका लागि बनाएको अट्वामा आगलागी हँुदा बबई गाउँपालिका ७ मलैखोलाका १० बर्षीय राजु घर्तीको जलेर मृत्युभएको हो । अट्वामा सुतेका बालक घर्ती रातमा तातो गराउनका लागि बालेको आगो अट्वामा सल्किएपछि जलेर मृत्यु भएको हो ।
शनिवार राती १२ बजे आगोलागेपछि आमा रामकली घर्ती र बहिनीसंग सुतेका राजु भाग्न नसक्दा जलेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । आमा रामकलीको हात र गाला जलेको छ । उनीहरुको परिवार जंगली जनावरले बालीनाली सखाप पार्न थालेपछि अट्वामा सुत्दै आएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख डक्टरप्रसाद चौधरीले बताए ।
यसैबीच बबई गाउँपालिकाले अग्निपीडित घर्ती परिवारलाई राहत उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलका अनुसार किरिया खर्च १० हजार, २५ हजार बराबरको खाद्यान्न र लत्ता कपडा उपलब्ध गराईएको छ ।

Next Post

नवनिर्वाचित कार्यसमितिलाई शपथग्रहण

८ पुष २०७५, आईतवार १७:३५
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका ४ ई गाउँमा रहेको मिलिजुली स्वावलम्बन कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभाबाट निर्वाचित कार्य समितिको शपथग्रहण सम्पन्न भएको छ । जिल्ला सहकारी संघ बाँकेका अध्यक्षसमेत रहेका निर्वाचन समितिका संयोजक प्रेम सुवेदी तथा सदस्यद्वय गगन खड्का र खम्ब गिरीले शपथग्रहण गराएका हुन् […]