दाङमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु

६ पुष २०७५, शुक्रबार १८:३९
 

सदरलाइनडटकम,
दाङ : दाङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको बताइएको छ । सल्यानबाट आएको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
शैक्षिक भ्रमणका लागि सल्यानको मूलपानीमा गएको बस फर्कने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी बोकेको बस दुर्घटना भएको हो ।
अहिलेसम्म मृत्यु हुनेमा एक महिला र आठ पुरुष रहेको बताइएको छ । बसमा २१ पुरुष र नौ महिलासहित ३० जना रहेको प्रहरीले जनाएको छ । सडकबाट बस ७ सय मिटर तल खसेको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

Next Post

सहरी विकास मन्त्री राईले नेपालगन्जको फुटपाथमा बसेर चिया र खाजा खाएपछि ...

६ पुष २०७५, शुक्रबार १८:३९
सदरलाइनडटकम. नेपालगञ्ज  : शुक्रबार विहान त्रिभुवनचोकको पूर्वबाट ७–८ वटा गाडि आएर त्रिभुवनचोक नजिकै रहेको गोपाल टिस्टलको अगाडि रोकीए । ती गाडि मध्य एउटाबाट ओर्लिए सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई । गाडिबाट ओलिएर सरासर गोपाल टिस्टल अगाडि पुगे त्यहाँ थिए नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्य उनीसंगै बसेर चिया […]

सम्बन्धित