अनावश्यक राती हिँड्नेलाई प्रहरीले थाल्यो थुन्ने अभियान

६ पुष २०७५, शुक्रबार १७:२२
 

सदरलाइनडटकम,
कोहलपुर : बाँकेको कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरी थुन्ने अभियान’ सुरु गरेको छ । राती १० बजेपछि अत्यावश्यक कामबाहेक डुल्नेलाई रातभरी थुन्ने नीति अघि बढाएको कोहलपुर प्रहरीले जनाएको छ । चोरीका घटना बढेपछि प्रहरीले रातीमा हिड्नेहरुमाथि निगरानी बढाएको छ ।
प्रहरीले यो अभियान चलाउँदा दैनिक ५/६ जना नियन्त्रणमा परिरहेको प्रहरीको भनाई छ । प्रहरीले रातीमा पक्राउ परेकालाई विहान परिवारका सदस्य बोलाएर लामो कपाल काट्न लगाउने, फोटो खिचेर परिवारको जिम्मा लगाउने गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रवक्ता मानबहादुर विसीले बताए ।
फेरि त्यही मान्छे फोकटमा रातीमा हिडेको पाइएमा कारबाही अघि बढाउने प्रहरीको योजना रहेको छ । प्रहरीले चोरी नियन्त्रण र बिना काम राती हिँड्नेलाई नियन्त्रण गर्न तीन वटा टोली परिचालन गरेको छ । दुई वटा ‘क्यूआरटी’ र एउटा नियमित गस्ती टोली रहेको छ ।
अधिकांश चोरीमा लागुऔषध प्रयोगकर्तानै संलग्न हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । चोरीका घटना बढ्दा स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोख्दै आएका छन् । प्रहरी कार्यालयकै आसपासमा चोरी हुन थालेपछि प्रहरीले यस्तो अभियान चलाएको प्रवक्ता विसीले बताए ।

Next Post

लायन्स क्लबद्वारा निःशुल्क दन्त परीक्षण

६ पुष २०७५, शुक्रबार १७:२२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा रहेको लायन्स डेन्टल अस्पतालले शुक्रवार निःशुल्क दन्त परीक्षण गरेको छ । लायन्स क्लब अफ नेपालगञ्ज र नेपालगञ्ज लायन्स डेन्टल अस्पतालले निःशुल्क दन्त परीक्षण तथा दन्त अभिमुखिकरण कार्यक्रम गरेको हो । अस्पतालले स्थापनाकालदेखि हालसम्म करीब दुईलाख जनालाई दन्त उपचार सेवा दिएको लायन्स क्लब अफ इण्टरनेशनल डिष्ट्रक ३२५ बि […]