दुर्घटना रोक्न साइकलमा रिफ्लेक्टिङ स्टिकर

५ पुष २०७५, बिहीबार १४:१२
 

सदरलाइनडटकम,
दाङ : जाडोयाममा अत्याधिक कुहिरो लाग्ने भएकोले ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले विद्यार्थीहरुको साइकलहरुमा रिफ्लेक्टिङ स्टिकर टाँस्न थालेको छ ।
बाक्लो कुहिरोको कारण नजिकै हेर्नपनि गाह्रो पर्ने हुँदा पूर्वपश्चिम राजमार्गमा साईकलहरु बढि ओहोर दोहोर हुने भएकाले पहिलो चरणमा विद्यार्थीहरुको साईकलमा स्टिकर टास्न शुरु गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख विष्णुबहादुर केसीले बताए । कुहिरो लागेको बेला दुर्घटनाको जोखिम उच्च हुन्छ ।
कुहिरो लागेको र रातीको समयमा हुने दुर्घटनालाई दृष्टिगत गर्दै अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीले साईकलको पछाडी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ स्टिकर टाँस्न थालेको हो । कुहिरो लागेको बेलामा धेरै दुर्घटना हुने हुँदा दुर्घटना न्यूनिकरण गर्न साईकलको पछाडी रिफ्लेक्टिङ्ग स्टिकिर टाँसेको भन्दै उनले दाङ देउखुरीका सनलाईट र आदर्श नमुना मावि देउपुरका विद्यार्थीको साईकलमा स्टिकर टाँसिएको बताए । ट्राफिक प्रहरीले १ सय ५२ वटा साईकलमा स्टिकर टाँसेको छ ।
सनलाईट बोर्डिङ्ग स्कुलका ३४ विद्यार्थी र आदर्श नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १ सय १८ वटा साईकलमा स्टिकर टाँसिएको प्रमुख केसीले बताए ।

Next Post

ठूलो परिमाणमा चरेश बरामद

५ पुष २०७५, बिहीबार १४:१२
सदरलाइनडटकम, कपिलबस्तु : ठूलो परिमाणको लागुऔषध कपिलबस्तु प्रहरीले बरामद गरेको छ । सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक नबिन पौडेलको नेतृत्लमा गएको टोलीले कृष्णनगर नगरपालिका वडा नं. १० खैरा गाउँबाट साढे ७ किलो चरेश बरामद गरेको हो । स्थानीय रफीक अमिन खाँको घर खान तलासी गर्दा उक्त चरेश बरामद […]