हुलाकी सडकमा कालोपत्रे सुरु

२ पुष २०७५, सोमबार १९:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  हुलाकी सडकको निर्माण ढिलाई भएकै जनगुनासो आईरहेको बेलामा बाँकेमा पर्ने सो सडक भने कालोपत्रे गर्न सुरु गरिएको छ ।
पप्पु कन्सट्रक्सन प्रालिले निर्माणको ठेक्का लिएको कारण जनाउदै गत ७ महिनादेखि ठेकेदारले पाउनु पर्ने रकमको भुक्तानी नपाउदा पनि फिल्डमा काम गरि रहेको गणपति कन्ट्रक्सन ग्रुप प्रालिले भने काम जारी राखेको छ ।
सडक निर्माण गर्दै आएको गणपति ग्रुप अफ कन्स्ट्रक्सनले पुरैनादेखि राप्ती नदीसम्मको चार किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरेको हो । पहिलो चरणमा नेपालगन्ज उप–महानगर–२२ पुरैनीदेखि राप्ती पुलसम्म कालोपत्रे गर्न आइतवारबाट सुरु भएको गणपतिका ग्रुपका साईट ईन्चार्ज ईन्द्र केसीले जानकारी दिए ।
उनले पुरैनादेखि राप्ती नदीसम्म चार किलोमिटर कालोपत्रे यही पुस महिनाभित्र पूरा गर्ने गरि आइतबारबाट काम सुरु भएको बताए । चिसोमा कालोपत्रे गर्न नमिल्ने भएकोले चिसो नबढ्दै काम सक्ने प्रयास गरिरहेको उनले बताए । ‘शीतलहर र वर्षातले साथ दिए पुस महिनाभित्र चार किलोमिटर कालोपत्रेको काम सम्पन्न हुने,’ उनले भने ।
उनले नेपालगन्जको पुष्पलाल चोकदेखि बसपार्कसम्मको एक हजार १ सयमिटर सडक कालोपत्रेको काम पनि १० पुसभित्र सुरु हुने बताए । नाला निर्माण र दुई चरणको ग्राभेल विछ्याउने कार्य सम्पन्न भइसकेको बताउँदै उनले नालाको ढक्कन फेर्न परेका कारण कालोपत्रे गर्न ढिलाई भएको बताए ।
उनले पहिले १० सेन्टिमिटरको ढक्कन राख्ने सहमति अनुसार राखेको र पछि गएर १५ मेन्टिमिटर  मोटाइको  ढक्कन राख्दा  ढिला  भएको स्पस्ट पार्दै भने–‘हाम्रो कारणले नभई हुलाकी सडकका कारण कालोपत्रे गर्न ढिलाई भएको हो । अब १० दिनभित्र कालोपत्रेको काम सुरु भएर त्यसको एक हप्ताभित्र काम सम्पन्न हुने छ ।’ नेपालगन्जदेखि सुइयासम्मको ४४ किलोमिटर सडक आगामी २० साउन २०७६ मा सक्नु पर्ने छ । उनले हालसम्म ६० प्रतिशत निर्माण सम्पन्न भएको दाबी गरे पुष्पलाल चोकदेखि फत्तेपुरको झगडियासम्मको २२ किलोमिटरलाई पहिलो फेज र झगडियादेखि सूइयासम्मको २२ किलोमिटरलाई दोस्रो फेजमा राखेर काम भइरहेको जानकारी दिए ।   

Next Post

बाँकेमा एक लाखको अवैध काठ बरामद, एक पक्राउ

२ पुष २०७५, सोमबार १९:२३
सदरलाइनडटकम, डुडुवा (बाँके) : सीमावर्ती भारतीय जंगलबाट चोरी कटानी गरी नेपाल भित्र्याइएको सालको अवैध काठसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बजार मूल्य करीब एक लाख पर्ने उक्त काठ बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाबाट ३३ क्युफिट सालको काठसहित सोही ठाउँका २४ बर्षीय जमुना यादवलाई प्रहरीले पक्राउ गरेको […]