लागु औषधविरुद्ध खजुरामा सांस्कृतिक कार्यक्रम

२ पुष २०७५, सोमबार १८:३८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाले लागुऔषध दुव्र्यसनविरुद्ध विविध सांस्कृतिक कार्यक्रम लिएर गाउँ पसेको छ । सांस्कृतिक कार्यक्रममार्फत सचेतना फैलाउन सहज हुने भन्दै सडक नाटक तथा विविध सांस्कृतिक कार्यक्रम गरेर आज सोमवारदेखि अभियानमा रहेकोे टोलीले शुरुमा खजुरा बजारमा सडक नाटक प्रस्तुत गरेको थियो ।
त्यसपछि वडा नं. १ को मैटहवा मावि, वडा नं. २ को यौगिनी मावि गौघाट, वडा नं. ५ र ६ को उढरापुर, ७ र ८ को प्रतिक्षालयमा पुगेर सडक नाटक, गीत, नृत्य, कमेडीमार्फत लागु औषधको कूलतबारे जनचेतना फैलाएको सांस्कृतिक टोलीका संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
कार्यक्रममा बाल क्लव संजालका श्वेता गुरुङ, अञ्जना चुतुर्वेदी, सलमान सल्मानी, देवाबहादुर क्षेत्री र नव गायक सुनील ढकाललगायतका कलाकारले अभिनय गर्दै बालबालिकाको पहिलो पाठशाला नै घर भएकाले घरदेखि नै उनीहरुको हेरचाहा गर्दै राम्रो नराम्रो निगरानी गरेर कूलतमा फस्न नदिन अभिभावक सचेत हुनु पर्नेमा जोड दिए । उनीहरुले लागु पदार्थ दुव्र्यसनविरुद्ध सबैको प्रतिवद्धता हुनु पर्ने सन्देश दिँदै एक अर्काको सहकार्यमा मात्र समाजबाट लागु औषध दुव्र्यसन हटाउन सकिने नाटकमार्फत प्रस्तुत गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा क्षेत्रबाट लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि गाउँपालिकाले सचेतना मुलक कार्यक्रमका साथै सरोकारवाला निकायसंगको सहकार्यमा अन्य कार्यक्रम पनि संचालन गर्ने बताए । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सामाजिक अपराधको रुपमा रहेको लागु पदार्थ दुव्र्यसनविरुद्ध हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा उपप्रमुख एकमाया विक, विभिन्न वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो । यसअघि खजुरा गाउँपालिकाले ८ वडामा अगुवालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।

Next Post

कर्मचारी समायोजन ऐन परिमार्जनको माग ज्ञापनपत्र

२ पुष २०७५, सोमबार १८:३८
सदरलाइनडटकम, नरैनापुर (बाँके) : स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन इकाइ समिति नरैनापुर बाँकेले कर्मचारी समायोजन ऐन परिमार्जनको माग गर्दै संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत मार्फत् संघीय सरकारलाई बुझाइएको ज्ञापनपत्रमा संसद्लाई गुमराहमा राख्दै अध्यादेश मार्फत् ल्याइएको कर्मचारी […]