सडक दुर्घटना हुँदा बाँकेमा दुईको मृत्यु

२ पुष २०७५, सोमबार १८:२५
 


सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–५, जिगाउँमा भएको सडक दुर्घटनामा सुर्खेत लेकबेसी नगरपालिका–१ का बिक्रम गहतराज र गुर्भाकोट–१२ का मदन सुनारको मृत्यु भएको हो ।
सम्झाना चोक जाँदै गरेको बालज्योती बोर्डिङ् स्कुलको बा १ क ४४९५ नम्बरको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु ४३ प ९५९९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पुर्याइए पनि चिकित्सकहरुले उनीहरुलाई मृत घोषित गरेका थिए । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बिसीले जानकारी दिए ।

Next Post

लागु औषधविरुद्ध खजुरामा सांस्कृतिक कार्यक्रम

२ पुष २०७५, सोमबार १८:२५
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाले लागुऔषध दुव्र्यसनविरुद्ध विविध सांस्कृतिक कार्यक्रम लिएर गाउँ पसेको छ । सांस्कृतिक कार्यक्रममार्फत सचेतना फैलाउन सहज हुने भन्दै सडक नाटक तथा विविध सांस्कृतिक कार्यक्रम गरेर आज सोमवारदेखि अभियानमा रहेकोे टोलीले शुरुमा खजुरा बजारमा सडक नाटक प्रस्तुत गरेको थियो । त्यसपछि वडा नं. १ को मैटहवा मावि, […]

सम्बन्धित