बाँकेमा ठूलो परिमाणको अवैध काठ बरामद

१ पुष २०७५, आईतवार १४:१३
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँके प्रहरीले शनिवार बेलुका सालको अवैध काठ बरामद गरेको छ । सीमावर्ती भारतीय जंगलबाट अवैधरुपमा फडानी गरी नेपाल भित्र्याइएको ५ थान सालको काठ बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाबाट प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय हिरमिनियाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक देवबहादुर केसीको नेतृत्वमा गएको गस्ती टोलीले करीब ४० हजार बजार मूल्य पर्ने उक्त काठ नेपाल भारत सीमा नजिकै अहिरापुरबाट बरामद गरेको प्रहरीले बताएको छ ।
प्रहरी टोली देखेपछि तस्करहरुले उक्त काठ फालेर फरार भएका थिए । बरामद गरिएको करीब १८ क्युफिट काठ आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय बाँकेमा आइतवार बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Next Post

सामाजिक कार्यका लागि चोरी गर्ने पक्राउ

१ पुष २०७५, आईतवार १४:१३
सदरलाइनडटकम, रुकुम पश्चिम : चोरी गरेको आरोपमा एक युवालाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ५ हुकामका १९ वर्षीय विजय मल्ल चोरी आरोपमा पक्राउ परेका हुन् । चोरी गरिएको रकम, सामान र ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको […]