अवैध भारतीय रुपैयाँसहित पर्सामा एक पक्राउ

  
  प्रकाशित मितिः आइतवार, पुस १, २०७५       | 190 Views   ||

सदरलाइनडटकम,
जनकपुरधाम : पर्साको वीरगञ्जबाट अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १६ को शंकराचार्य गेटबाट ५ लाख ६३ हजार ४ सय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सितामढी जिल्ला जमुवा बस्ने ४० वर्षीय ओम प्रकाश साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । आफ्नो शरिरभित्र कंमरपेटिमा बांधी लुकाई छिपाई लादै गरेको ११ सय २४ थान र २०० र ७ थान २००० को नोट लैजादै गर्दा प्रहरीले पक्राउ गरी थप अनुसन्धान कार्य अगाडी बढाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
गत बिहीवार मात्र नेपाल सरकारले रु २००, ५०० र २००० को भारतीय नोटमा प्रतिबन्ध गरेको थियो । पर्साको इनरुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको हो ।
यसैबीच पर्साकै बीरगंज महानगरपालिका वडा नं. ११ रानिघाटबाट ३० किलो लागुऔषध चरेश फेला परेको छ । सुरक्षा प्रहरी बेश रानिघाटबाट खटिएको प्रहरी गस्ती टोली गस्ती गर्ने क्रममा साईकल चालकले प्रहरी टोलीलाई देख्नासाथ साईकल छोडी भागेको र चेकजाँच गर्दा साईकलको पछाडी केरियरमा राखेको बोरामा ३० किलो चरेश फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, पुस १, २०७५     1:20:40 PM  |