आर्दश युवा समुहको साधारण सभामा पत्रकार शर्मा सम्मानित

  
  प्रकाशित मितिः शनिबार, मंसिर २९, २०७५       | 198 Views   ||

सदरलाइनडटकम,
खजुरा (बाँके)  : बाँके खजुरामा रहेको आर्दश युवा वचत समुहले आफनो प्रथम साधारण सभा सम्पन्न गरेको छ । बचत सगंै सामाजिक कार्य गर्दै आइरहेको समुहले शनिवार खजुरामा आफनो साधारणसभा सम्पन्न गरेको हो ।
साधारण सभामा बोल्दै खजुरा गाउँपालिका वडा नंं ४ का अध्यक्ष तिलकविर सुनारले हरेक क्षेत्रको विकासका लागि युवाको आवश्यकता वढेको भन्दै युवाहरु मिलेर जान सुझाव दिए । सामाजिक कार्यका लागि युवालाइ सहयोग र समन्वय गर्न आफु तयार रहेको उनले बताए ।
वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतमले समाजमा रहेको विकृति र विंसग्ती लाइ अन्त्य गर्नका लागि युवाको भुमिका अहम हुने बताए । प्रथम साधारण सभाको अवसरमा समुहले पत्रकारिताको माध्ययमबाट युवाको क्षेत्रमा योगदान पुु¥याएको भन्दै गोरखापत्रका बाँके संवाददाता तथा लोकप्रिय राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक गोविन्द शर्मालाइ सम्मान गरेको छ भने, संस्थाको विकासमा सहयोग गरेको भन्दै व्यवसायी रमेश अधिकारीलाइ पनि सम्मान गरेको समुहका सञ्चार विभाग प्रमुख खगेन्द्र दाहालले जानकारी दिए ।
कार्यक्रममा समुहका सचिव सुबास निरौलाले प्रगती प्रतिवेदन, कोषाध्यक्ष सुवर्ण गिरिले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभा संस्थाका अध्यक्ष देव बहादुर कुवँरको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मितिः शनिबार, मंसिर २९, २०७५     9:54:22 PM  |