एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

२७ मंसिर २०७५, बिहीबार १०:२७
 

सदरलाइनडटकम,
दैलेख : दैलेखमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एम्बुलेन्स बिहीवार बिहान गुराँस गाउँपालिका–४ लाठेमा दुर्घटना हुँदा एम्बुलेन्समा सवार शैनेश विष्टको मृत्यु भएको हो ।
दुर्घटनामा चालक गणेश खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । घाइतेको खड्कालाई उपचारका लागि सुर्खेत लगिएको छ । बा २ झ १७४० नम्बरको एम्बुलेन्स सडकबाट करीब डेढ सय मिटर तल खसेको छ । बिरामीलाई कालिकोटबाट सुर्खेत पुर्याएर फर्कँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Next Post

कालिकोटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

२७ मंसिर २०७५, बिहीबार १०:२७
सदरलाइनडटकम, कालिकोट : कालिकोटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शेराबाङबाट जुम्लातर्फ जाँदै गरेको भे ५ प ८११६ नम्बरको मोटरसाइकल कालिकोटको पिलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मोटरसाइकल चालक सुर्खेतका लक्ष्मण सुनार र पछाडी बसेका खाँडाचक्र ८ का दिपक मल्लको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […]