गिटी ग्रावेलका कारण संरचना निर्माणमा ढिलाई

२६ मंसिर २०७५, बुधबार १७:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : आठौँ राष्ट्रिय प्रतियोगिताको उद्दघाटन तिथि दुई महिना बाँकी रहँदा भौतिक पूर्वाधारको निर्माणको औषतमा ६५ प्रतिशत मात्र सम्पन्न भएको छ । भैतिक पूर्वाधार निर्माणको लागि आवश्यक पर्ने नदीजन्य बस्तुको अभावको कारण उद्घाटन मिति नजिकिदै गर्दा भौतिक संरचना निर्माणमा ढिलाई भएको बताईएको छ ।
प्रादेशिक खेलकुद परिषद, प्रदेशनं.५अध्यक्ष तथा भौतिक पूर्वाधार निर्माण तथा खेल स्थल तयारी उप–समिति संयोजक भीम ओलीका अनुसार औषतमा भौतिक पूर्वाधारको ६५ प्रतिशत निर्माण पुरा भएको बताए ।
उनले भने–‘समयमै उद्दघाटन र खेल सञ्चालन गर्ने गरी द्रुतगतिमा काम अघि बढाएका छौ । हामीलाई प्याराफिट, रंगशाला र अन्य निर्माणको लागि आवश्यक पर्ने नदी जन्य उत्पादन ग्रावेल, गिटी बालुवा निकासी गर्न रोक भएको कारण निर्माणको काममा अवरोध भएको छ ।’
उनले रंगशालामा ट्रयाक बनाउन मात्र ४ हजार १ सय घनमिटर ग्रावेल आवश्यक पर्ने तर, नदीबाट निकासी बन्द भएको कारणले उद्दघाटनको तीथि नजिक आउदा पनि रंगशाला तथा अन्य भौतिक पूर्वाधारको निर्माण पुरा भई फिनिसिङ्ग गर्न नसकिने जस्तो भएको गुनासो गरे ।
उनले भने–‘आठौ राष्ट्रिय खेलकुद पनि राष्ट्रिय गौरवको कार्यक्रम भएकोले रंगशाला निर्माणमा आवश्यक पर्ने ग्रावेल सोही अनुसार उपलब्ध गराईदिन जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकार गुहार्दा गुहार्दै उद्दघाटनको दिन आउन लागिसक्यो तर सुनुवाई भएको छैन । काम गर्न जिम्मा लिएको समितिलाई कडाई गर्दा मेटेरियल छैन भनेर तर्किन्छन ।’
उनले प्रतियोगिताका लागि निर्माण भइ रहेका भौतिक संरचनाका बारेमा अनुगमन गर्न आएको आठौँ राष्ट्रिय प्रतियोगिता प्राविधिक उपसमितिका संयोजक गंगाबहादुर थापामगरको टोलीले नेपालगन्ज रंगशालामा उद्घाटन र दाङस्थित बेलझुण्डी रंगशालामा समापन गर्ने सुझाव दिएको बताए ।
आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भइरहेका संरचनाको औषत ६५ प्रतिशत निर्माण पूरा भएको बताईएको छ । बाँकेको सीतापुरमा निर्माण भइरहेको भलिवल एकेडेमी, कोहलपुरस्थित क्रिकेट मैदान, नेपालगन्जस्थित ह्याण्डबल कोर्ट, बर्दियाको बासँगढीस्थित कवड्डी हल, बर्दियाको गुलरियास्थित एथलेटिक्स ट्रयाक, नेपालगन्जस्थित फुटवल मैदान र एथलेटिक्स ट्रयाक निर्माण अन्तिम चरणमा पुगेको बताए । ‘पछिल्लो प्रगति हेर्दा प्रतियोगिता गराउन कुनै समस्या नहुने देखिन्छ’–उनले भने ।
प्रतियोगिताका लागि ३५ वटा संरचना निर्माण भइ रहेका छन् । प्रादेशिक खेलकुद परिषद, प्रदेश नं. ५ अध्यक्ष ओलीले, बाँकेमा नौ, बर्दिया, दाङ र रुपन्देहीमा चार–चार तथा कपिलबस्तु र पाल्पामा एक–एक भौतिक संरचना निर्माण भइरहेका छन् ।
नेपालगन्ज रङ्गशालालाई पहिलो प्राथमिकतामा राखेर निर्माणको काम भइरहेको ओलीको भनाई छ । उनले पछिल्लो समय भएको प्रगतिले आशा पलाएको बताए । ‘रफ्तारमा निर्माणको काम भइरहेको छ, यसले समयमा प्रतियोगिता गर्न दवाव दिनेछ,’ अध्यक्ष ओलीले भने । फोटो : विश्वराज 

Next Post

निर्मलाको जन्मदिनमा सडकमै ‘यज्ञ’

२६ मंसिर २०७५, बुधबार १७:३२
सदरलाइनडटकम, कञ्चनपुर : निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नागरिक संघर्ष समितिले निर्मलाको आत्माको शान्तिको कामना गर्दै जिल्ला प्रशासन अगाडी यज्ञ गरेको छ । नागरिक संघर्ष समितिको पूर्वघोषित कार्यक्रमअनुसार बुधवार जिल्ला प्रशासन अगाडी यज्ञ गरिएको हो । संघर्ष समितिले निर्मलाको न्यायका लागि विभिन्न कार्यक्रमको घोषणा गरेपनि बुधवार […]

सम्बन्धित