जागिर सुनिश्चितताको माग गर्दै धर्ना

२६ मंसिर २०७५, बुधबार १५:००
 

सदरलाइनडटकम,
दाङ : साविकको राप्ती उपक्षेत्रिय अस्पतालमा विकास समितिबाट नियुक्त भएका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । आफुहरुको सेवालाई प्रतिष्ठानमा सुनिश्चित गर्नुपर्ने माग गर्दै ६० जना बढी कर्मचारीहरु आन्दोलनमा उत्रिदै प्रतिष्ठानको प्रशासनिक कार्यालयमा धर्ना दिएका छन् ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सञ्चालन ऐनमा विकास समितिका कर्मचारीहरु स्वतह प्रतिष्ठानको मातहतमा आउने भनिए पनि प्रतिष्ठानले ल्याउन आनाकानी गरेको भन्दै उनिहरुले धर्ना दिएका हुन् । प्रतिष्ठानले भने प्रक्रिया अनुसारै कर्मचारीहरुको म्याद थप गरिएको जनाएको छ । तर प्रतिष्ठानले केही महिनाका लागि म्याद थपेर प्रतिष्ठान मातहत ल्याएको भनि सेवाबाट विस्थापित गर्ने योजना बनाएको भन्दै कर्मचारीहरुले सेवाको सुनिश्चितता गर्न माग गर्दै धर्ना दिएका हुन् ।
साविकको विकास समितिका कर्मचारीहरुले ६ महिना देखी तलब समेत पाएका छैनन् । केही दिन पहिले प्रतिष्ठानले विकास समितिका कर्मचारीहरुलाई आगामी पुस मसान्त सम्मको म्याद थप गरि नियुक्ती पत्र दिने तयारी गरेपछि कर्मचारीहरुले सो पत्र बुझ्न मानेका छैनन् ।

Next Post

युपीका मुख्यमन्त्री योगीको जनकपुरमा भव्य सम्मान

२६ मंसिर २०७५, बुधबार १५:००
सदरलाइनडटकम, जनकपुरधाम : सीताराम विवाह महोत्सवअन्तर्गत् अयोध्याबाट जन्तीमा आएका भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नम्बर–२ सरकारले बुधवार जनकपुरमा सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दनपत्र प्रदान गरेका थिए । मुख्यमन्त्री राउतले अभिनन्दनपत्रमा नेपाल–भारतको धार्मिक, […]