‘लोकप्रिय’द्वारा तेश्रो पटक रक्तदान

२४ मंसिर २०७५, सोमबार १८:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जबाट प्रकाशित हुँदै आएको लोकप्रिय सन्देश दैनिकले सोमवार रक्तदान कार्यक्रम गरेको छ । लोकप्रियले छैठौं बर्ष प्रवेशको अवसरमा २०७५ जेठदेखि शुरु गरेको रक्तदानको यो तेश्रो श्रृंखला हो । कार्यक्रममा पत्रकार पवन जायसवालले ७७ औं पटक रक्तदान गरे ।
उनी गोपीलाल बैश्यपछिका सर्बाधिक धेरै रक्तदान गर्ने ब्यक्ति हुन् । यसैगरी मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वली, लोकप्रिय सन्देश दैनिकका पत्रकार क्षेत्रनाथ देवकोटा, बिनोद भट्टराई, दिनेश ठाकुर, राकेश मिश्र, भगतराम थारु, कृष्ण वली, जावेद अहमद शाहसहित सिश्रम शाह, कैलाश बर्मा, यम राना, सन्तोष चौधरी, सुगम चौधरी, राजेन्द्र सिंह सोडी, नेपालगञ्ज साईक्लिङ क्लबका गगन थापा, चाँदबाबु, मुना कुँवर, जानअली, जानकी खत्री, बिश्व श्रेष्ठ, कपिल कुर्मी, लक्ष्मण प्रसादलगायतले रक्तदान गरेको कार्यक्रम संयोजक दिनेश ठाकुरले बताए ।
नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार केन्द्रमा भएको रक्तदानमा कार्यालय प्रमुख उपेन्द्र रेग्मी, गुञ्जा कनौजियालगायतले प्राविधिक सहयोग गरेका थिए ।


Next Post

२४ मंसिर २०७५, सोमबार १८:४७