नेपालगञ्ज–१ मा एक घर एक करेसाबारी कार्यक्रम शुरु

२३ मंसिर २०७५, आईतवार १६:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले एक घर, एक करेसबारी कार्यक्रमअन्तर्गत आइतवार तालिम दिएको छ । वडा कार्यालयले एक घर, एक करेसाबारीको नीतिका साथ यसबर्ष तरकारी बीउ खरिद र तालिम सञ्चालनका लागि २ लाख ५० हजार बजेट छुट्याएको छ ।
वडा कार्यालयबाट बीउ लिएका घरधनीले तरकारी उत्पादन गरिसकेको बताएका छन् । जैविक मल प्रयोग गरी करेसाबारी वा घरको छतमा तरकारी खेती नगर्ने घर परिवारलाई वडा कार्यालयबाट दिइने सेवा सुविधासमेत रोक्नसक्ने वडाअध्यक्ष प्रमोद रिजालले बताए । वडाबासीको स्वास्थ्यका लागि बिषादिरहित तरकारी उत्पादनका लागि कार्यक्रम ल्याइएको उनले बताए ।
यसबर्ष शुरु भएको कार्यक्रमअन्तर्गत प्रत्येक घरधुरीसम्म पुग्ने योजना वडा कार्यालयको छ । प्राकृतिक श्रोत संरक्षण तथा समाज विकास केन्द्र बाँकेको सहकार्यमा वडा कार्यालयले एक घर, एक करेसाबारी कार्यक्रम ल्याएको हो ।

Next Post

भर्याङबाट लडेर सल्यानमा एकको मृत्यु

२३ मंसिर २०७५, आईतवार १६:४१
सदरलाइनडटकम, सल्यान : भर्याङबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जाजरकोट भेरिगंगा नगरपालिका वडा नं. ११ घर भई हाल सल्यान त्रिवेणी गाउँपालिका वडा नं. ३ लुहाम बजार बस्ने २७ वर्षीय शक्तिबहादुर विकको मृत्यु भएको हो । शनिवार राती १२ वजे शौचायल जाने क्रममा भर्याङबाट लडेर गम्भीर घाईते भएका बिकको […]