कुखुरा चोर्ने दुईजना निर्मलाको हत्यामा जोडिने सम्भावना कति ?

२३ मंसिर २०७५, आईतवार १६:१८
 

सदरलाइनडटकम,
काठमाण्डौ : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका प्रदीप रावल, बिशाल चौधरी र दिनेश चौधरीबारे पछिल्लो पटक आएका केही सूचनाले प्रहरी थप आलोचना र शंकाको घेरामा पुगेको छ । कञ्चनपुर प्रहरीका अनुसार हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नियन्त्रणमा रहेका प्रदीप रावल र बिशाल चौधरी कुखुरा चोरी गरेको अभियोगमा साउन १० गते प्रहरी थुनामा रहेका थिए ।
कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुवेरसिंह कठायताका अनुसार प्रदीप साउन १० गते ८ बजे सम्म कंचनपुरको इलाका प्रहरी कार्यालय सालघारीमा रहेको र सामान्य सोधपुछपछि प्रहरीले रावललाई छाडेको थिए । त्यस्तै रावलका बयानका आधारमा कुखुरा चोरी अभियोगमा दिउँसो बिशाल चौधरी पक्राउ गरेका थिए । उनलाई भने प्रहरीले १० गते राति थुनामा राखेर ११ गतेमात्र थुनामुक्त गरेका थियो। कुखुरा चोरी आरोपमा पक्राउ परेका प्रदीप र बिशाललाई प्रहरीले गलत काममा नलाग्न भन्दै सम्झाएर आफन्तलाई जिम्मा लगाएको एसपी कठायतको भनाई छ ।
निर्मला १० गते नै हराउनु र उनीहरू प्रहरीकै निगरानीमा रहनुले निर्मलाको हत्यामा उनीहरूको संलग्नतामा केही शंका उठेको छ । निर्मला साउन १० गते बिहान साथी रोशनी बमको घर गरेकी थिइन् । सोही दिनबाट हराएकी निर्मला ११ साउनमा उखुबारीमा मृत पेला परेकी थिइन् । निर्मलाको शव ११ गते बिहान ९ बजे नै फेला पर्नु र बिशाल चौधरी १० गते पक्राउ परेर ११ गते छुट्नुले निर्मलाको हत्यामा बिशाल चौधरीको संलग्नतामा शंका उत्पन्न हुने ठाँउ प्रशस्त रहेको केही पूर्व प्रहरी अधिकारीको भनाई छ ।
त्यस्तै प्रदीप रावल समेत १० गते प्रहरी नियन्त्रणमै थिए । प्रहरी नियन्त्रणबाट छुटे लगत्तै बलात्कार र हत्या जस्तो जघन्य अपराधमा उनी कसरी संलग्न भए ? यो गम्भीर प्रश्न उठेको छ । उसो त उनैले निर्मलाको हत्या गर्न सक्ने आधारहरू नभएको होइन् । प्रहरीको सोधपुछ पछि उनी १० गते दिनभर फ्रि नै रहेको देखिन्छ । प्रहरीको नियन्त्रणबाट छुटे लगत्तै अपराधमा संगलग्न हुन सक्दैन भन्ने आधार गलत भएपनि कति बेला प्रदीप थुना मुक्त भए र निर्मलाको हत्या कति बजे भयो यसमा भर पर्ने पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारीको भनाइ छ ।
सिआइबीले भने हाल उनीहरुलाई निर्मला पन्तको हत्याबारे बयान र डिएनए परिक्षण गरिरहेको छ । प्रहरी उनीहरुको बयानबाट निर्मला पन्त हत्यामा नजिक पुगेको भन्दै केही हौसिए पनि उनीहरुको डिएनए रिपोर्ट पर्खिरहेको छ । प्रदीप रावल र चौधरी द्वयको बयान लिन प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल आफै सिआइबीको कार्यालय महाराजंग पुगेका थिए । प्रहरी स्रोतका अनुसार प्रदीप रावले बयानका आधारमा निर्मलाको हत्यामा साविती बयानसमेत दिएको जनाएको छ ।
प्रदीप गत मंगलवार महाराजगञ्जबाट पक्राउ परेका हुन् भने चौधरीद्वय कञ्चनपुरबाट नै पक्राउ परेका थिए । डिएन रिपोर्ट पर्खदै प्रहरी प्रहरी प्रदीप रावल, बिशाल चौधरी र दिनेश चौधरीको डिएनएको रिपोर्टको नतिजा कुरिरहेको छ । प्रहरीले बुधवार उनीहरुको डिएनए परिक्षणको लागि रगत संकलन गरेको थियो । उनीहरुको रगत डिएनए परिक्षणको लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा र प्रहरीकै विधि विज्ञानमा समेत पठाइएको छ । उनीहरुको डिएनए रिपोर्ट यही साता आउने सिआइबी स्रोतको भनाई छ ।
यसअघि निर्मला हत्यामा दिलिपसिंह विष्टलाई साविति बयानका आधारमा दोषी ठहर्याउँदै सिआइबीका प्रहरी नायव उपरीक्षक अंगुर जीसी नेतृत्वको टोलीले सार्बजनिक नै गरेको थियो । स्थानीयको बिरोधपछि निर्मलाको यौनांगबाट झिकिएको ’भेजिनल स्वाब’सँग डिएनए परीक्षणमा नमिलेपछि उनी निर्दोष साबित भएका थिए ।
यसअघि प्रहरीले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज बिष्टलगायत सात जना भन्दा बढीको डिएनए परीक्षण गरिसकेको छ । डिएनए परीक्षणमा उनीहरू सबैको नेगेटिभ रिपोर्ट आएको थियो । दिलिप बिष्टलाई सार्बजनिक गरेपछि आलोचनाको शिकार बनेको प्रहरीको सिआइबी टोली बयानकै आधारमा अब अभियुक्त सार्बजनिक गर्ने अवस्थामा छैन ।
त्यसकारण पनि सिआइबी हाल पक्राउ परेकामाथि केही बोल्न चाहाँदैन । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराद सुवेदी भने निर्मला हत्यामा अनुसन्धानको घेरा साधुरिए पनि बाहिर हल्ला भएको जस्तो केही प्रगति नभएको स्वीकार्दैनन् ।


निर्मलाका हत्यारा पत्ता लागे : रक्षामन्त्री इश्वर पोखरेल
उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले भने निर्मलाको हत्यारा पत्ता लागिसकेको र सार्बजनिक गर्न मात्रै बाँकी रहेको अभिव्यक्ति दिएका छन् । मन्त्री पोखरेलले ७० औं अन्तर्राष्ट्रिीय मानवअधिकार दिवस तथा १० औं मानवअधिकार राष्ट्रीय महाभेलालाई शनिवार ललितपुरमा सम्बोधन गर्दै निर्मलाको हत्यारा पत्ता लागिसकेको बताएका थिए ।
पोखरेलले हाल थुनामा रेहका प्रदीप रावल, बिशाल चौधरी र दिनेश चौधरीलाई लक्षित गर्दै हत्यारा पत्ता लागेको अभिव्यक्ति दिएका हुन् । कार्यक्रमा पोखरेलले भनेका थिए ’विधिसम्बत ढंगले निर्मलाका हत्यारालाई सार्वजनिक गर्छौ । तर राजनीतिको ध्येय बोकेकाहरू छाता ओढाउन आउँछन् कि भन्ने डर छ ।’
(कृष्णसिंह लोथ्याल, साभार : थाहाखबर)

Next Post

महिला संघद्वारा गृहमन्त्रीको राजीनामा माग

२३ मंसिर २०७५, आईतवार १६:१८
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजिनामा माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतवार पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाको राजिनामा माग गरिएको हो । कार्यक्रममा संघकी महासचिव तथा राष्ट्रीय सभाकी सदस्य धना खतिवडाले […]

सम्बन्धित