निर्धन समुहका महिलाको लागि व्यावसायिक कुखुरापालन तालिम

२३ मंसिर २०७५, आईतवार १२:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : निर्धन उत्थान लघु वित्तिय संस्था लिमिटेड शाखा कार्यालय परस्पुरको आयोजनामा गृहणि महिलाको आयआर्जनमा टेवा पुराउने उद्देश्यले तीनदिने व्यावसायिक कुखुरा पालन तालिम सुरु गरेको छ ।
नेपालगञ्जमा सुरु भएको सो तालिमको नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर उमा थापामगरले उद्दघाटन गरीन । उनले सो अवसरमा तालिममा सिकेको कुरालाई व्यवसायमा उर्तान पनि आग्रह गरिन । उनले भनिन्–‘तालिमको तथ्याङ्क हेर्दा अत्यन्तै धेरै छ तर, व्यवहारमा परिणत गरेको पाईदैन । तपाई सबैलाई मेरो आग्रह छ तालिम लिएर व्यवसायी बन्नुहोस हामी सहयोग गर्न तयार छौ ।’
उनले खुला नाकाको कारण सिमापारीबाट अबैध तवरले भित्रिने कुखुराको कारण नेपालगञ्जमा कुखुरा व्यावसाय नै चौपट हुन लागेको जन गुनासो पनि आउने गरेकोले उप–महानगरले नियमित अनुगमन गरी कारवाही गरेको दावि गर्दै अवैध कुखुरा भित्र्याउनेको सूचना दिन पनि आग्रह गरिन ।
तालिमका प्रशिक्षक समेत रहेका जिल्ला भेटनरी अस्पतालका प्रमुख डा. हरिबहादुर कुँवरले तालिमको अवधि अत्यन्त छोटो भएको तर, पनि आफुहरुले सक्दो प्रयास गर्ने बताए । तालिमकी सहभागि बाँके राधापुरकी अनु थापामगरले खुला सिमानको कारण व्यवसाय धराशायी भएको गुनासो गरिन ।
निर्धन क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम अधिकृत प्रेप सुवेदीले ०४९ सालदेखि विपन्न तथा गृहणी महिलालाई आयआर्जन तथा व्यवासायमुखि बनाउन लगानी गर्दै आएको बताए । निर्धनका ३ लाख २५ हजार सदस्य रहनुको साथै बाँकेमा मात्रै ३ हजारबढीलाई सेवा दिएको जानकारी दिए ।
सो कार्यक्रमा निर्धन समुह सदस्य फुलकुमारी काँदुको मृत्यु पछि उनको नाममा रहेको जोखिम विमाको रकम ६९ हजारको चेक उनका पति रामकिशन काँदुलाई हस्तान्त्रण गरिएको थियो ।
यसैबीच निर्धनका परस्पुर शाखा प्रमुख टोपबहादुर रास्कोटीले सो तालिममा निर्धनको समूहमा रहेका २६ जना महिलाका लागि आयोजना गरिएको भएपनि केही भने समुह सदस्यका अभिभावक सहभागि भएको जानकारी दिए । निर्धनले समुहमा रहेकालाई व्यवसाय सञ्चालनको लागि समुहको जमानीमा विना धितो ३ लाख र धितो राखेर ७ लाखसम्म ऋण लगनी गर्ने उनले बताए ।  

Next Post

विवाह पञ्चमी महोत्सवमा आज धनुषयज्ञ

२३ मंसिर २०७५, आईतवार १२:१५
सदरलाइनडटकम, जनकपुरधाम : सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत आइतवार तेस्रो दिन धनुषयज्ञ हुने भएको छ । धनुष यज्ञका लागि जनकपुरस्थित जानकी मन्दिरले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । माता सीताले शिवजीको धनुष उठाएपछि बुवा जनकले शिवजीको धनुषमा प्रत्यञ्चा चढाउनसक्ने पुरुषसँग मात्रै छोरीको बिहे गरी दिने प्रणअनुसार धनुषयज्ञ भएको सम्झनामा प्रत्येक वर्ष धनुषयज्ञ […]