जुम्लाको तापक्रम माइनस चार पुग्यो, नेपालगञ्जको घट्दै

२२ मंसिर २०७५, शनिबार १४:५२
 

सदरलाइनडटकम,
सदरलाइन डेस्क : देशभरी नै चिसो बढ्दै गएको छ । सामान्यतयः पुष महिनालाई जल तथा मौसम पूर्वानुमान महाशाखाले चिसो हुने महिना भन्ने गरेको छ । जसअनुसार चिसो हुने दिन आउनै बाँकी रहेको मौसमविद्ले बताएका छन् । शनिवार बिहान जुम्लाको तापक्रम माइनस ४ डिग्री पुगेको महाशाखाले जनाएको छ ।
यस्तै नेपालगञ्जको शनिवार विहानको अधिकतम तापक्रम २६ डिग्री रहेको छ भने न्युनतम ८ दशमलव ५ डिग्री सेल्सियस रहेकोे महाशाखाले जनाएको छ । सुर्खेतको न्युनतम तापक्रम ५ दशमलव २ र दाङको न्युनताम तापक्रम ७ दशमलव २ रहेको छ ।
उता काठमाण्डौको तापक्रम वर्षकै कम ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान विराटनगरको न्यूनतम तापक्रम सबैभन्दा धेरै १० दशमलब ५ डिग्री मापन गरिएको छ । अब तापक्रम घट्ने क्रम निरन्तर रहने मौसमविद् शान्ति कँडेलले बताइन् ।
उनका अनुसार काठमाण्डौको तापक्रम ४० वर्षअघि सन् १९७८ को जनवरी ११ मा अहिलेसम्मकै कम अर्थात् माइनस ३ दशमलव ५ डिग्रीसम्म पुगेको थियो । गत वर्ष पुष २३ गते काठमाडौंको तापक्रम शून्य डिग्रीमा झरेको थियो । शनिवारदेखि सोमवारसम्म महाशाखाले गरेको अनुमानअनुसार देशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य स्थानहरुमा मौसम सामान्यतयः सफा रहने छ ।

Next Post

बलात्कार आरोपमा पक्राउ परेका खत्रीमाथि अनुसन्धान शुरु

२२ मंसिर २०७५, शनिबार १४:५२
सदरलाइनडटकम, रुपन्देही : रुपन्देहीको देवदहमा पाँच वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको देवदह ७ का १८ वर्षीय जीवन खत्रीमाथि अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका अन्य चार जनालाई छोडिने इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ । पक्राउ परेका अन्य चार जना युवाहरुको बयानका आधारमा भाग्दै गरेका जीवन खत्रीलाई […]

सम्बन्धित