बालमेलामा पौडीका दुई दर्जन खेलाडीलाई सम्मान

२२ मंसिर २०७५, शनिबार १०:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : पौडीका  दुई दर्जन खेलाडीलाई नेपालगन्जमा सम्मान गरिएको छ । स्प्रिङडेल एकेडेमी बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको एसडीए बाल मेला–२०७५ को अवसरमा स्वर्ण पदक विजेता ८ वर्षीय अमित रावलसहित २४ जनालाई खेलाडीलाई सम्मान गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर र उपमहानगरका शिक्षा शाखा प्रमुख उप–सचिव मनप्रसाद रेग्मीले खेलाडीहरुलाई सम्मान गरेका हुन् ।
ललितपुरमा आयोजना गरिएको १७औं एलए अन्तर विद्यालय पौडी प्रतियोगितामा २५ मिटर ब्याकस्ट्रोकमा रावलले गोल्ड मेडल ल्याएका थिए भने अन्य चार जनाले कास्य र रजत पदक जितेका थिए ।
गत असोजमा नेपाल पौडी संघले पोखरामा आयोजना गरेको ९औं माछापुच्छ«े स्वीमिङ च्याम्पियनशीपमा पदक कास्य र रजत पदक ल्याउन सफल अन्य २० जना खेलाडीलाई पनि सम्मान गरिएको थियो ।
स्प्रिङ डेल माध्यामिक बिद्यालयले आयोजना गरेको बाल मेलामा सांगितिक र मनोरन्जनात्मक कार्यक्रम गरिएको छ । कार्यक्रममा पानी पुरी, चटपटे, पुस्तक, जुस लगायतका विभिन्न १८ स्टल राखिएका थिए ।
बालबालिकाहरुको शारीरिक र मानसिक विकासका साथै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले बाल मेला आयोजना गरिएको स्प्रिङ डेल माध्यामिक बिद्यालयका प्रिन्सिपल सरदचन्द्र रावलले जानकारी दिए ।
बाल मेलामा नेपालगंज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मी, प्याव्सन बांकेका अध्यक्ष विकास वज्राचार्य लगायतले अतिक्रिया क्रियाकलापले विद्यार्थीहरुको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । 

Next Post

जुम्लाको तापक्रम माइनस चार पुग्यो, नेपालगञ्जको घट्दै

२२ मंसिर २०७५, शनिबार १०:२४
सदरलाइनडटकम, सदरलाइन डेस्क : देशभरी नै चिसो बढ्दै गएको छ । सामान्यतयः पुष महिनालाई जल तथा मौसम पूर्वानुमान महाशाखाले चिसो हुने महिना भन्ने गरेको छ । जसअनुसार चिसो हुने दिन आउनै बाँकी रहेको मौसमविद्ले बताएका छन् । शनिवार बिहान जुम्लाको तापक्रम माइनस ४ डिग्री पुगेको महाशाखाले जनाएको छ । यस्तै नेपालगञ्जको […]