खेल्दै सिक्ने केन्द्रका बालबालिकालाई शैक्षिक सामाग्री

२० मंसिर २०७५, बिहीबार ०८:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगर वडानं.४ मा रहेको ‘खेल्दै सिक्ने केन्द्र’का ८४ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । यो केन्द्रमा विद्यालय जनाबाट बञ्चित, बालश्रममा लागेका, बिद्यालय भर्ना भएर बिच मै पढाई छोडेका बालबालिकालाई राखेर अध्ययन गराईने गरिएको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाको समन्वय, यूनिसेफको सहयोग तथा समुन्नत नेपालको प्राविधिक र बाँके युनेस्को क्लबको स्थानीय सहकार्यमा नेपालगञ्जका दुईवटा स्थानमा सञ्चालनमा रहेका ‘खेल्दै सिक्ने केन्द्र’का ८४ छात्रछात्रालाई व्यागसहितको शैक्षिक सामाग्री हस्तान्त्रण गरिएको हो ।
वितरण गरिएको शैक्षिक सामाग्रीमा डे«स, कापी,कलम लगायतको सामाग्री समावेश गरिएको छ । नगर उपप्रमुख उमा थापा मगरले बालश्रममुक्त बालमैत्री उपमहानगर बनाउने अभियानलाई खेल्दै सिक्ने केन्द्रले सघाउ पुर्याउने भन्दै यसको प्रभावकारिता प्रति प्रशंसा गरिन ।
उनले बालबालिकालाई पढाईबाट बन्चित नगर्न वडास्तरमा समेत कार्यक्रम र अभियान सञ्चालन गर्नु पर्ने आवश्यक्ता औल्याईन । समुन्नत नेपालका प्रतिनीधी राधिका तुम्वाहाम्फेको समेत उपस्थिती रहेको कार्यक्रममा वडा न ४ का अध्यक्ष मो सफिक बेहना, वडा न ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता, यूनिसेफका कार्यक्रम अधिकृत इन्द्र पन्त, वडा न ४ सदस्य मेनका जोशी लगायतले शैक्षिक सामाग्री हस्तान्त्रण गर्दै शुभकामना व्यक्त गरेका थिए । 

Next Post

बाँकेमा प्रवाह गरिने स्वास्थ्य सेवाको शुल्क निर्धाणको लागि छलफल

२० मंसिर २०७५, बिहीबार ०८:५५
सदरलाइनडटकम,  नेपालगञ्ज  : बाँकेमा प्रवाह गरिने स्वास्थ्य सेवा शुल्क तथा गुणस्तरियतामा एकरुपता ल्याउनका लागि सरोकारवालाहरु बीच छलफल गरी विभिन्न क्षेत्रलाई समेटेर शुल्क निर्धारण समिति निर्माण गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगञ्जमा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्वास्थ्य क्लिनिक, नीजी अस्पताल, सरकारी अस्पताल, पोलिक्लिनिक, डाईग्नोस्टिक सेन्टर, डेन्टल क्लिनिक, प्याथोलोजी […]

सम्बन्धित