उद्यमका लागि साझेदारीको सहयोग

१९ मंसिर २०७५, बुधबार १८:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरमा सञ्चालित साझेदारी बिकास कार्यक्रम मार्फत वडान ८ का ११ वटा उद्यम समूहलाई उद्यम सञ्चालनको लागि नगद सहयोग गरिएको छ ।
उप–महानगरले हालै मात्र साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुसार गरिबिको रेखामुनी रहेका र ब्यबसाय गर्न इच्छुकलाई मध्यनजर गर्दै ऋण कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।
वडान ८ का १० वटा साझेदारी समूह र एक जनाको व्यक्तिगत समूहलाई ५ लाख २५ हजार बराबर रूपैयाको ऋण दिईएको उप–महानगरका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले जानकारी दिए ।
प्रत्येक समूहलाई ५० हजारका दरले सहयोग गरिएको छ भने व्यक्तिगत एक जनालाई २५ हजार सहयोग गरिएको छ । बुधबार वडा कार्यालय मै आयोजित कार्यक्रममा वडा अध्यक्ष सुरेन्द्र गुप्ताले सामाजिक विकास अधिकृत जोशी समेतको उपस्थितिमा समूहका अध्यक्ष जानकी श्रीवास्तवलाई चेक हस्तान्त्रण गरेर कार्यक्रम शुभारम्भ गरेका हुन । सो रकमबाट विभिन्न आय आर्जन र व्यवसाय सञ्चालन गरिनेछ ।
कार्यक्रमका सामाजिक परिचालक रुक्मेणी गुप्ता, शान्ता पौडेलसमेतको टोलीले महिला उद्यमीलाई सहजीकरण गर्नेछ । व्यवसायीले रकमको प्रभावकारी सदुपयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

Next Post

शिकार खेल्न गएका एकको मृत्यु, एक बेपत्ता

१९ मंसिर २०७५, बुधबार १८:१८
सदरलाइनडटकम, कैलाली : जंगली जनावरको शिकार खेल्न गएका धनगढीमा दुई जनामध्ये एकजना मृत भेटिएका छन् भने एकजना बेपत्ता भएका छन् । फूलबारीस्थित हरियाली सामुदायिक वनमा मंगलवार बेलुका शिकार खेल्न गएका फूलबारी सीगाउँका राजमोहन चौधरी बुधवार मृत भेटिएका हुन् भने उनीसँगै गएका हरि चौधरी बेपत्ता छन् । राजमोहनको बुधवार बिहान कोषमाया तालनजिकै […]