पढ्नकै लागि दैनिक ९ किलोमिटरको दुरी तय गर्छिन सहेनाज !

१९ मंसिर २०७५, बुधबार १५:४१
 

सदरलाइन / रुद्र सुवेदी
नेपालगञ्ज  : बाँके जानकी गाउँपालिका–४ शाहदतपुरवाकी १४ वर्षिया सहेनाज बागवान विद्यालय जानको लागि दैनिक एकतर्फि ९ किलोमिटरको दुरी तय गर्छिन । बाँके जस्तो सुगम ठाँउमा विद्यालय अध्ययन गर्न जानको लागि दैनिक एकतर्फी ९ किलोमिटर दुरी तय गर्नु अनौठो मात्र होईन आश्चर्य पनि हो ।
मुस्लिम समुदायकी उनी नेपालगञ्जको गुरुद्वारारोडमा रहेको मदरसा दारुलउलुम बरकातिया माविमा कक्षा ६ मा अध्ययन गर्नको लागि उनी दैनिक मदरसा जान र आउनको लागि १८ किलोमिटरको दुरी तय गर्नु उनको बाध्यता नै बनेको छ । मुस्लिम समुदायको बालबालिकाको लागि एक मात्र माध्यामिक तहको विद्यालय / मदरसा दारुल उलुम बरकातियामा सबै भन्दा लामो दुरी तय गरेर अध्ययन गर्न आउने सहेनाज र उनका भाई बहिनी मात्र हुन ।
ईस्लाम धर्मका प्रर्वतक हजरत महोम्मदले शिक्षा हासिल गर्नको लागि आवश्यक परे चिनसम्म पनि जानु बचनलाई अंगिकार गर्दै आफुहरु दैनिक दोहोरो १८ किलोमिटरको दुरी तय गर्दै मदरसामा आउने गरेको सहनाज बताउछिन ।
उनको यो बाध्यताको साथि बनेका छन् कक्षा २ मा अध्ययन गर्ने उनका १० वर्षिय भाई महेबुव बागवान र बालशिक्षामा अध्ययन गर्ने ८ वर्षकी बहिनी मैनाज बागवान पनि सोही दुरी तय गर्दै नेपालगन्ज आउने गरेका छन् । शुक्रबार र अन्य सार्वजनिक विदाको दिन बाहेक हरेक दिन उनीहरुको लागि दैनिकि नै बनेको छ ।
सेहनाज भन्छिन–‘गाउमा मैले पढ्ने मदरसा छैन मलाई एक्लै आउन पनि गाह्रो हुने भएकोले भाई बहिनी पनि मसंगै आउने गरेका छन् । विहानसंगै आउछौ दिउसोसंगै फर्कन्छौ ।’ उनले १० बजेदेखि कक्षा हुँदा घरबाट साईकल हुँदा विहान ९ बजे निस्कने गरेको साईकल नहुँदा विहान ८ बजेदेखि नै हिडेरै मदरसा आउने गरेको बताईन ।
उनले भनिन–‘साईकल हुँदा नौ सवा नौ बजे घरबाट निस्कन्छौ साईकल नभएपछि ८ बजे नै पैदल हिडेर आउने गरेका छौ ।’ उनले विहानको कक्षा हुने बेलामा कहिले काँही पहिलो घण्टीको कक्षा छुट्ने गरेको गुनासो गरिन ।
‘सधै साइकल घरमा हुँदैन गाउमा अटो तथा सार्वजनिक भाडाका साधन पनि चल्दैनन् तर, पनि पढ्नैको लागि गाउँबाट नेपालगन्ज आउनै पर्ने बाध्यता छ’– सहेनाजले भनिन–‘ गाउँमा मुस्लिम समुदायका किशोरीले पढ्ने वाताबरणको विद्यालय भै दिएको भए यत्रो दुख्ख गर्नु पर्ने थिएन ।’
यसैगरी जानकी गाउपालिका–३ बञ्जारेगाउकी १५ वर्षिया सेहरुल निशा बागवान र १० वर्षिय शहाबुद्दिन बागवान पनि मदरसामा अध्ययन गर्नको लागि दैनिक एकतर्फि ६ किलोमिटरको दुरी तय गर्ने गरेका छन् । सेहरुल भन्छिन–‘गाउमा आधारभुत तहको विद्यालय छ तर, उर्दु अरवी साथै ईस्लाम धर्म संम्बन्धित शिक्षा पनि हासिल गर्ने उद्देश्यले नेपालगन्ज आएका हौ ।’
उनीहरु जस्तै सो मदरसामा अध्ययन गर्नको लागि रावा अन्सारी, साईमा अन्सारी जयसपुरबाट हाज्जरा दर्जी, मोनी दर्जी परस्पुरबाट र अस्फाक राई महापुरवाबाट नियमित मदरसा अध्ययन गर्नको आउने गरेका छन् । मदरसाबाट उनीहरुको दुरी एकतर्फि ३ किलो मिटरदेखि ५ किलोमिटर रहेको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नं. ११ मा रहेको मुस्लिम समुदायले सञ्चालन गरेको दारुलउलुम बरकातिया माध्यामिक विद्यालय÷मदरसामा धार्मिक तथा राष्ट्रिय शिक्षाले निर्दिष्ट गरेको पाठ्यक्रम अध्यापन हुने एक मात्र माध्यामिक तहको विद्यालय भएकोले पनि विद्यार्थीको चाप हुने मदरसाकी शिक्षिका सिता खड्काले जानकारी दिईन । उनले दिएको जानकारी अनुसार सो मदरसामा चालु शैक्षिक सत्रमा ५ सय २ विद्यार्थी अध्ययनको लागि भर्ना भएको मध्ये दुई जना हिन्दुु समुदायका बालबालिका पनि छन् ।
यसैबीच सो विद्यालयका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नुरानीले बालविकासदेखि कक्षा १० सम्म राज्यले निर्दिष्ठ गरेको पाठ्यक्रम पढाउनुको साथै धार्मिक शिक्षा र उर्दू अरबीको समेत कक्षा हुने भएकोले विद्यार्थीको चाप अन्य ठाउमा भन्दा बढी भएको बताए ।
उनले भने–‘ राज्यको मदरसा, गुम्बा, गुरुकुल शिक्षालाई मान्यता दिएर राज्यको मूल प्रवाहमा त ल्यायो तर, यी संस्थाको शैक्षिक नीति ल्याउन नसकेको कारण हामीहरु जस्ता सञ्चालक अत्यन्तै मर्कामा परेका छौ । राज्यले मदरसा नीति बनाउन आवश्यक छ ।’ उनले एक मात्र माध्यामिक तहको मदरसा भएको कारणले पनि टाढा टाढाबाट बालबालिका अध्ययनको लागि आउने गरेको बताए ।

Next Post

पुरुष र महिलाबीच बिभेद अन्त्य हुनुपर्छ : मुख्यमन्त्री राउत

१९ मंसिर २०७५, बुधबार १५:४१
सदरलाइनडटकम, सदरलाइन डेस्क : प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले महिला र पुरुषबीचको बिभेद अन्त्य हुनुपर्ने बताएका छन् । संघीय समाजवादी फोरम नेपालले कपिलबस्तुको कृष्णनगरमा गरेको स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले अल्पसंख्यक मुस्लिमहरुको चाडपर्वमा संघीय सरकारले बिदा दिएर […]