जानकीमा मनाइयो २७ औ अपाङगता दिवस

१८ मंसिर २०७५, मंगलवार ०८:१६
 

सदरलाइनडटकम
जानकी (बाँके) : २७ औ अपाङगता दिवस बाँकेको जानकी गाउँपालिकामा महिला तथा वालवालिका शाखाको आयोजना तथा मिलाप बाँके र डेक नेपालको समन्वयमा मनाईएको छ ।
गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले सो अवसरमा बोल्दै अपाङ्गता भएका व्यक्तिलाई स्थानीय निकायले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने–‘उनीहरुको सुरक्षा गर्ने राज्यको दायित्व हो ।’ गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत लोकबहादुर सुनारले तत्कालको अवस्थामा गाृपालिकामा अपाङ्गताका लागि प्रभावकारी योजना नभएपनि आगामी योजनामा प्राथमिकता दिने प्रतिबद्धता जनाए । उनले नियमअनुसार अपाङ्गता परिचयपत्र चाडै नै वितरण गर्ने आश्वासन समेत दिए ।
कार्यक्रममा नेकपाका नेता पदम धितालले हरेक क्षेत्रमा अपाङ्गताको े सहभागिता र सवालका बारेमा माग उठ्न जरुरी रहेको बताए । उनले अपाङ्गतालाई सहानुभुती भन्दा अवसर दिनु पर्ने धारणा राखे । युवा संघ बाँकेका किशोर थापाले युवाहरु अपाङ्गता भएका व्यक्तिको पक्षमा उभिन तयार भएको भन्दै आफ्नो अधिकारका लागि आवाज उठाउन आग्रह गरेका छन् ।
मिलाप बाँकेका रमेश राज रेग्मीले अपाङ्गता भएका व्यक्तिहरु पछाडि परेको भन्दै उनीहरुलाइ सिपमुलक तालिम दिएर सक्षम वनाउन सकिनेमा जोड दिए ।
जानकी गाउँपालीकाका उपाध्यक्ष भुमिसरा धितालको अध्यक्षतामा भएको कार्यक्रममा र्याली लिकालेर सुरु गरिएको थियो भने स्थानीय कलाकारहरुले नाटक, न्युत्य तथा गीत पनि प्रस्तुत गरेका थिए ।

Next Post

भालुको आक्रमणबाट बाजुरामा दुई महिला घाइते

१८ मंसिर २०७५, मंगलवार ०८:१६
सदरलाइनडटकम, बाजुरा : भालुको आक्रमणबाट खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला घाइते भएका छन् । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिए । रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट लागेको […]