महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा तालाबन्दी

१७ मंसिर २०७५, सोमबार १६:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा विद्यार्थीहरुले अनिश्चित्कालीन तालाबन्दी गरेका छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई सहायक क्याम्पस प्रमुख श्रीनिवास अधिकारीले अपमानपूर्ण व्यवहार गरेको भन्दै विद्यार्थी संगठनहरुले सोमवार क्याम्पसमा तालाबन्दी गरेका हुन् ।
बीसीए दोश्रो सेमेष्टरका विद्यार्थीहरुलाई पढाउँदैं गरेका शिक्षक सन्तकुमार बर्मालाई मानविकी संकायका सहायक क्याम्पस प्रमुख अधिकारीले अपमानपूर्ण व्यवहार गर्दै कक्षाकोठाबाट निकालेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।
अखिलका क्याम्पस कमिटी सचिव प्रकाश बिक, नेविसंघका कार्यबाहक अध्यक्ष सीपी देवकोटा र अखिल क्रान्तिकारीका उपाध्यक्ष उपेन्द्र रावलले संयुक्त विज्ञप्ति जारी गरी अधिकारीले राजीनामा दिनुपर्ने, बीसीएको आफ्नै कम्प्युटर ल्याब निर्माण गर्नुपर्ने र नियमित पठनपाठनको माग गरेका छन् ।
अनेरास्ववियु बाँकेका सचिव टेकेन्द्र मल्लले पटक–पटक प्राध्यापकहरुबाट विद्यार्थीमाथि यसखालका दुव्र्यवहार हुने गरेका कारण आन्दोलनमा उत्रिनुपरेको बताए । क्याम्पस प्रमुख र लेखा शाखामा तालाबन्दी गरेका विद्यार्थी संगठनले माग पूरा नभए आन्दोलन सशक्त पार्ने चेतावनी दिएका छन् । शिक्षक बर्माले पढाँउदै गर्दा सहायक क्याम्पस प्रमुख अधिकारीले प्रोजेक्टर नै फालिदिएपछि विद्यार्थी आक्रोशित भएका थिए ।
घटनापछि अधिकारीले माफी माग्नुपर्ने भन्दै विद्यार्थीले क्याम्पस प्रमुख गणेश रेग्मीको ध्यानाकर्षण गराएपनि उनले चासो नदिएपछि क्याम्पसमा तालाबन्दी गरिएको जनाएका छन् ।


Next Post

जानकीमा मनाइयो २७ औ अपाङगता दिवस

१७ मंसिर २०७५, सोमबार १६:४२
सदरलाइनडटकम जानकी (बाँके) : २७ औ अपाङगता दिवस बाँकेको जानकी गाउँपालिकामा महिला तथा वालवालिका शाखाको आयोजना तथा मिलाप बाँके र डेक नेपालको समन्वयमा मनाईएको छ । गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले सो अवसरमा बोल्दै अपाङ्गता भएका व्यक्तिलाई स्थानीय निकायले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने–‘उनीहरुको सुरक्षा गर्ने राज्यको दायित्व हो […]