राप्ती नदि तटबन्धका लागि एडिबीले लगानी गर्ने

१७ मंसिर २०७५, सोमबार १६:०९
 

सदरलाइनडटकम,
दाङ : राप्ती नदि तटवन्ध गर्न जलस्रोत तथा सिंचाई विभागअन्तर्गत रहेको डब्लुआर पिपिएफ परियोजना र एशियाली विकास बैंकबीच राप्ती नदी तटबन्ध गर्न सम्झौता भएको छ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनको बिशेष पहलमा एक अरबको बजेट बाँके र दाङमा राप्ती नदि तटबन्ध गर्न एशियाली विकास बैंकबीच सम्झौता भएको प्रदेश सभा सदस्य ईन्द्रजीत थारुले बताए ।
बाँके र दाङमा जनताको तटवन्ध कार्यक्रमले पुरा हुन नसकेको स्थानमा नयाँ कार्यक्रम लागु हुने जनताको तटबन्ध कार्यालय लमहीका प्रमुख विनोद चापागाईले जानकारी दिए । अहिले तबन्धका लागि स्थलगत डिजाईन सर्भे गर्ने काम चलिरहेको छ । यो आर्थिक बर्षको अन्तिममा बोलपत्र आह्वान हुने र त्यसपछि तटवन्धको कार्य शुरु हुने छ ।
राप्ती नदिको दुवै किनारमा तटबन्ध गर्ने योजना छ । राप्ती नदिमा आएको बाढीले सैयौं विगाह जमनि कटान गरेर बगरमा परिणत गरेको छ । बृहत तटबन्ध भएमा नदिले बगर बनाएको जग्गा उकास हुने छ । जनताको तबन्ध कार्यक्रम लागु भएपछि करीब १५ किलोमिटर क्षेत्रमा तटबन्ध भएको छ ।

Next Post

हातमा कालो पट्टी बाँधेर प्रशासन गेटमा धर्ना

१७ मंसिर २०७५, सोमबार १६:०९
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका निम्ति न्याय माग्दै कञ्चनपुरका महिला अधिकारकर्मीले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । निर्मलाको न्यायका लागि पीडित परिवारले शुरु गरेको अनिश्चित्कालीन धर्नामा बस्दै आएको नागरिक संघर्ष समितिले सोमवारबाट आन्दोलनको स्वरुप परिवर्तन गरेको हो । २२ दिनदेखि परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले सोमवार […]

सम्बन्धित