राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

१५ मंसिर २०७५, शनिबार १५:५०
 

सदरलाइनडटकम,
काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलनमा सहभागी हुन शनिवार त्यसतर्फ प्रस्थान गरेकी छन् । पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
भ्रमणमा वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी छ । राष्ट्रपति भण्डारीले सोमवार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि आइतवार उनले पोल्याण्डमा रहेका नेपालीलाई सम्बोधन गर्ने छिन् ।
राष्ट्रपतिलाई बिदाइ गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रीयसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा मन्त्रीलगायत उच्च सरकारी अधिकारी र सुरक्षा प्रमुख त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेका थिए । सो क्रममा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा २१ तोपको सलामी अर्पण गरेको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार सोमवारनै राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फरनाण्डा इस्पिनोसा ग्रासेसले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच आगामी मंगलवार द्विपक्षीय भेटघाट हुने जनाइएको छ । राष्ट्रपति भण्डारी यही मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

Next Post

निर्मलाका हत्यारा पक्राउ गर्न दबाव

१५ मंसिर २०७५, शनिबार १५:५०
सदरलाइनडटकम, धनगढी : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बलात्कारपछि हत्या गरिएकी कञ्चानपुरकी निर्मला पन्तका हत्यारालाई पक्राउ नगरे कांग्रेसले चरणबद्ध आन्दोलन गर्ने बताएकी छन् । नेपाल प्रेस युनियन कैलालीले शनिवार बिहान धनगढीमा गरेको पत्रकार सम्मेलनमा संग्रौलाले सरकारले अपराधीलाई उन्मुक्ति दिन खोजेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएकी हुन् । प्रधानमन्त्री केपी […]