१२ हजार किलो हरियो केराउसहित तीन पक्राउ

१२ मंसिर २०७५, बुधबार १९:२१
 

सदरलाइनडटकम
नेपालगञ्ज  : वडा प्रहरी कार्यालय नेपालगञ्जले विल विजक शंकास्पद राखि नरैनापुर हुँदै भारत लैजान लागेको १२ हजार किलो हरियो केराउ (मटर) नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजस्व अनुसंन्धान कार्यालय कोहलपुर पठाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज तथा प्रहरी निरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार बुधबार दिउसो सवा ४ बजे भे १ त ६७५४ र भे १ त ५०२८ नंम्बरको टेक्टरमा लोड गरि लैजादै गरेको अवस्थामा नेपालगञ्ज–२२ पुरैनाबाट नियन्त्रणमा लिएको हो ।
नेपालगञ्जबाट नरैनापुरको फर्मले सो केराउ खरिद गरी नरैनापुरबाट स–सानो बोरामा राखेर भारत लैजाने उद्देश्यले लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धानको लागि दुई टेक्टरसहित ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
नेपालगञ्जबाट नरैनापुर हुँदै भारततर्फ हरियो केराउ चोरी निकासी हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले ती दुई टेक्टरबाट ८ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ र दुबै टेक्टरका चालक नरैनापुर–४ को ४० वर्षिय जाकिर खाँ, २८ वर्षको बाबु खाँ र केराउ धनी नेपालगञ्ज–४ बस्ने बाबे खाँलाई नियन्त्रणमा लिएर अनुसंधानको लागि राजस्व अनुसंन्धान कार्यालय कोहलपुर पठाएको प्रहरी निरिक्षक डाँगीले बताए ।

Next Post

शहरको मध्यभागमा मट्टितेल छर्केर ५ वटा अटो रिक्सामा आगजनी

१२ मंसिर २०७५, बुधबार १९:२१
सदरलाइनडटकम नेपालगञ्ज : नेपालगञ्जको धम्बोझी चोक नजिकै बुधबार राती १२ बजे अज्ञात समुहले मट्टितेल छर्केर ५ वटा अटो रिक्सामा आगजनी गरेको छ । भने सोही समुहले अन्य तीन पसलमा पनि मट्टितेल छर्केर आगजनिको प्रयास गरेको छ । घटनास्थल सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशिल र २४ सै घण्टा सुरक्षाकर्मी तैनाथ हुने स्थान […]