राजसंस्था स्थपनाको लागि ‘विर गोर्खाली’ समुहको अभियान

११ मंसिर २०७५, मंगलवार १८:४१
 

सदरलाइनडटकम 
नेपालगञ्ज   :  राजसंस्थालाई पुनःबाहाली गर्नको लागि पूर्व माओबादी र राजाबादी युवाहरुको समुहले ‘विर गोर्खाली’ नामक संस्था स्थापना गरी अभियानको रुपमा देश दौडाहमा लागेका छन् ।
सो अभियानका अभियन्ता सन्तोष ‘राजाबादी’ले मुलुकमा राजतन्त्र र सनातन हिन्दू राज्यको स्थापना गर्नको लागि देश दौडाहमा निस्केको बताए । उनले यो अभियानमा आफुहरुसंग ततकालिन माओवादी लडाकुलाई समेत संगठित गरी आफुहरु देश दौडाहमा निस्केको दाबी गरे ।
उनले हालसम्म नवलपरासी, बुटवल, मकवानपुरलगायतका स्थानहरुमा अभियान अन्तरगत भेला र अन्तरक्रिया गरेको जानकारी दिए । उनले भने–‘हामीहरु पहिला अभियानलाई सबै जिल्लामा लैजाने र सबै जिल्लामा अभियान पुगे पछि चरणबद्ध रुपले आन्दोलनको थालनी गर्ने तयारीमा छौ ।’
प्रमुख कार्यकारी राजसंस्था हुनुपर्ने, स्वच्छ छबि, निष्कलंक, निस्वास्र्थ भावना र कुनै पनि पार्टीमा संलग्न नरहेको व्यक्ति नेतृत्वमा आउनु पर्ने प्रमुख माग रहेको छ । उनीहरुले आफ्नो पहिचानको लागि छातिमा राजा ज्ञानेन्द्र ट्याटु समेत खोपाएका छन् । उनले भने–‘राजसंस्था पुनःस्थापना भएन भने नेपाल भन्ने देश नै रहन्न त्यसैले हामी टाउकोमा कफन बाधेर राजसंस्था पुनःस्थापना गराउन लागि परि राखेका छौ ।’
पछिल्लो समय देश र श्रीपेच जोगाउने अभियानमा एकदम सक्रिय रहेको बिर गोरखाली अभियान देश दौडाहा अभियानमा लागिपरेको छ । जनयुद्ध कालिन माओबादीहरु पनि समेट्दै अघि बढेको छ ।

Next Post

११ मंसिर २०७५, मंगलवार १८:४१