पन्त घटनामा सरकारले अपराधी जोगाएको डा.केसीको आरोप

११ मंसिर २०७५, मंगलवार १६:२७
 

सदरलाइनडटकम,
कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा सरकारले अपराधीलाई जोगाएको डा. गोविन्द केसीले आरोप लगाएका छन् ।
मंगलवार कञ्चनपुर पुगेर निर्मलाको न्यायका लागि जारी धर्नामा ऐक्यबद्धता जनाउँदै डा. केसीले अपराधीलाई जोगाउन सरकार मुकदर्शक बनेको आरोप लगाए ।
घटनाका दोषी पत्ता लगाएर प्रमाण मेट्नेलाई जेल हाल्नुपर्नेमा सरकारले उनीहरुकै संरक्षण गरेको डा. केसीको भनाई थियो । निर्मलाको घटनामा देशका सबै न्यायको पक्षमा रहेको बताउँदै उनले आफूले पनि न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

Next Post

राजसंस्था स्थपनाको लागि ‘विर गोर्खाली’ समुहको अभियान

११ मंसिर २०७५, मंगलवार १६:२७
सदरलाइनडटकम  नेपालगञ्ज   :  राजसंस्थालाई पुनःबाहाली गर्नको लागि पूर्व माओबादी र राजाबादी युवाहरुको समुहले ‘विर गोर्खाली’ नामक संस्था स्थापना गरी अभियानको रुपमा देश दौडाहमा लागेका छन् । सो अभियानका अभियन्ता सन्तोष ‘राजाबादी’ले मुलुकमा राजतन्त्र र सनातन हिन्दू राज्यको स्थापना गर्नको लागि देश दौडाहमा निस्केको बताए । उनले यो अभियानमा आफुहरुसंग ततकालिन […]

सम्बन्धित