बैतडीमा एक युवक मृत भेटिए

११ मंसिर २०७५, मंगलवार १५:४६
 

सदरलाइनडटकम,
बैतडी : बैतडीमा मंगलवार एक जना मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका २ देहिमाण्डौ २५ वर्षीय करन लोहार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए ।
सूर्नया गाउँपालिका ५ मा लागेको भगवती मेला हेर्न गएका युवक गत शुक्रवारदेखि सम्पर्कबिहीन रहेका थिए । युवकलाई बिहान स्थानीय महिलाले घाँस काट्ने बेला सूर्नया गाउँपालिका ५ स्थित विश्रम भीरमा मृत अवस्थामा फेला पारेका हुन् ।
युवकको भीरवाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Next Post

पन्त घटनामा सरकारले अपराधी जोगाएको डा.केसीको आरोप

११ मंसिर २०७५, मंगलवार १५:४६
सदरलाइनडटकम, कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा सरकारले अपराधीलाई जोगाएको डा. गोविन्द केसीले आरोप लगाएका छन् । मंगलवार कञ्चनपुर पुगेर निर्मलाको न्यायका लागि जारी धर्नामा ऐक्यबद्धता जनाउँदै डा. केसीले अपराधीलाई जोगाउन सरकार मुकदर्शक बनेको आरोप लगाए । घटनाका दोषी पत्ता लगाएर प्रमाण मेट्नेलाई जेल हाल्नुपर्नेमा […]