पत्रकार ओलीको मोटरसाईकलमा आगजनी

११ मंसिर २०७५, मंगलवार १५:४३
 

सदरलाइनडटकम
नेपालगञ्ज  :  नेपाल प्रेस युनियन बाँकेका सचिव अर्जुन ओलीको मोटरसाईकलमा आगजनी भएको छ । सोमबार राती घरमै पार्किङ्ग गरेर राखेको अवस्थामा अज्ञात समुहले आगजनी गरेको हो । नेपालगञ्ज –१० भृकुटीनगरमा रहेको ओली निवासमै पार्किङ गरेर राखिएको भे२प ८९१८ नम्बरको यमाहा कम्पनीको मोटरसाईकलमा आगजनी भएको हो । ओली नागरिक दैनिकको नेपालगन्ज संवाददाता हुन् ।
राती करिव पौने १ बजेतिर मोटरसाईकलमा आगो बलिरहेको देखेपछि वरपरका छिमेकीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घरको बरण्डासँगै रहेको च्यानल गेटभित्र ताला लगाएर पार्किङ गरिएको उक्त मोटरसाईकलको पछाडीको भागमा अज्ञात समुहले आगो लगाएको प्रहरीले जनाएको छ ।
आगजनीबाट मोटरसाईकलको करिव आधा भाग जलेको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकेको टोली आएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख(डिएसपी) राजेन्द्र अर्यालले घटनाको अनुसन्धान गरेर थप रहस्य पत्ता लगाइने बताएका छन् ।

Next Post

बैतडीमा एक युवक मृत भेटिए

११ मंसिर २०७५, मंगलवार १५:४३
सदरलाइनडटकम, बैतडी : बैतडीमा मंगलवार एक जना मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका २ देहिमाण्डौ २५ वर्षीय करन लोहार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए । सूर्नया गाउँपालिका ५ मा लागेको भगवती मेला हेर्न गएका युवक गत शुक्रवारदेखि सम्पर्कबिहीन रहेका थिए । युवकलाई बिहान स्थानीय […]