खुल्ला वक्तृत्वकलामा खजुराकी शिक्षा कंडेल प्रथम

७ मंसिर २०७५, शुक्रबार १८:३३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रीय माध्यमिक बिद्यालयमा शुक्रवार आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा शिक्षा कंडेल प्रथम भएकी छन् । “वर्तमान अवस्थामा चर्पीको महत्व” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगितामा ६ कक्षामा अध्ययनरत् शिक्षाले आठ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम हुन सफल भएकी हुन् ।
बिद्यालयको सहकार्य, बाल क्लबको संयोजन, प्लान इण्टरनेशनल नेपाल र गेरुवा ग्रामीण जागरण संघ बर्दियाको आयोजनामा भएको प्रतियोगितामा कक्षा १० की नसिबुल निशा दोस्रो, कक्षा ९ का तेजबिक्रम डाँगी तृतीय र कक्षा ७ मा अध्ययनरत् साहेआलम सान्तवना पुरस्कार प्राप्त गरेका छन् ।
बिद्यालयमा सञ्चालित बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमअन्तर्गत बिद्यार्थीहरुको क्षमता अभिबृद्धिमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता गरिएको गेरुवका स्वास्थ्य कार्यक्रम अधिकृत चुडामणि बिएमले जानकारी दिए ।
बाल क्लबकी सचिव दिक्षा ढकालकोे सभापतित्वमा सम्पन्न प्रतियोगिताको निर्णायकको भूमिका शिक्षक बिष्णु पौडेल, सुदर्शन शर्मा र निर्मला रोका मगरले निर्वाह गरेको बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव लक्ष्मण कंडेलले बताए । बिजयी बिद्यार्थीहरुलाई कपि, ज्यामिट्री, डटपेन, पेन्सिल पुरस्कारका रुपमा प्रदान गरिएको थियो ।

Next Post

‘आठौं राष्ट्रिय खेलकुदको मिति अव सर्दैन’

७ मंसिर २०७५, शुक्रबार १८:३३
सदरलाइनडटकम, नेपालगञ्ज  : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबबहादुर विष्टले निर्धारित समय मै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुने दाबी गरेका छन् । उनले शुक्रबार दिउसो मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन । बजेट अभावको कारण भौतिक पूर्वाधार निर्माण कार्य […]