अष्ट्रेलियामा रातो धुलोसहितको आँधी

६ मंसिर २०७५, बिहीबार १६:०९
 

सदरलाइनडटकम,
काठमाण्डौ : अष्ट्रेलियाको न्यू साउथ वेल्स क्षेत्रबाट सुरु भएको धुलोसहितको आँधीले सिड्नी आसपासको जनजीवन कष्टकर भएको छ । अधिकारीहरुले बिहीवार आएको आँधीले जनस्वास्थ्यमा नराम्रो असर पार्ने भनेर सावधान गराएका छन् ।
५ सय किलोमिटर चौडा धुलोसहित फैलिएको आँधीले सहर घेर्न थालेको र यसबाट सबैले सावधान अपनाउनुपर्ने उनीहरुले बताएका छन् । न्यू साउथ वेल्सका धेरैजसोे क्षेत्रमा यस आँधीको कारणले हेर्नै पनि मुश्किल भएको छ । मौसम अधिकारीहरुका अनुसार आँधीले सुख्खा माटो उडाएर ल्याएको छ ।
अगस्ट महिनादेखि न्यू साउथ वेल्स क्षेत्रको भित्री राज्यमा परेको खडेरीका कारण यस्तो समस्या आएको आँधीले अष्ट्रेलियाको आकाशको रङ बदलिएको छ । स्वास्थ्य अधिकारीहरुले स्थानीयलाई कोठाभित्रै बस्न सूचित गरेका छन् । विशेषगरी स्वासप्रश्वाससम्बन्धी समस्या भएका बालबालिका, वृद्ध तथा वयस्क सबैलाई आँधीबाट बच्न आग्रह गरेका छन् ।
(एजेन्सीको सहयोगमा)

Next Post

बर्दियामा बस दुर्घटना हुँदा एकको मृत्यु, १८ घाइते

६ मंसिर २०७५, बिहीबार १६:०९
सदरलाइनडटकम, बर्दिया : बर्दियामा बस दुर्घटना हुँद एकको मृत्यु भएको छ भने अन्य १८ जना घाईते भएका छन् । हुलाकी राजमार्गअन्तर्गत पर्ने गुलरिया नगरपालिका १ खैरापुरमा बस दुर्घटना हुँदा बर्दिया बाँसगढी नगरपालिका माछागढका ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको हो । ना ३ ख ८५५४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा […]