बाँकेमा यसरी मनाईयो महोम्मद डे (फोटो फीचरसहित )

५ मंसिर २०७५, बुधबार १८:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : आफ्नो पर्वलाई राज्यले सम्बोधन नगरेको भन्दै बाँकेका मुस्लिम समुदायले रोश प्रकट गरेका छन् । बाँकेका मुस्लिम समुदायले राष्ट्रिय विदाको माग गर्दै महोम्मद डे मनाएका हुन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको १४४० औं जन्म जयन्ती अर्थात् मोहम्मद डे बुधबार मनाइएको हो ।
संविधान सभाका सदस्य समेत रहेका हाजी अब्दुल हमिद सिद्दिकी भोलाले सरकारले मुस्लिम समुदायको पर्वको विदा कटौती गरेर समुदाय प्रति सौतेलो व्यवहार गरेको आरोप लगाए ।
उनले भने–‘ पर्वमा विदा गर्दा विकास र संबृद्धि रोकिन्छ भने,  सबै समुदायका पर्वको विदा कटौती गरौ नत्र भने कसैलाई काखा कसैलाई पाखा गर्ने सरकारी नीतिमा बदलाउ ल्याउन जरुरी छ ।’
मुस्लिम अगुवा मेराज हल्वाई हिमालयले मसस्लिमका पर्वहरु ईद बकराईद मोहर्रम र मोहम्मद डेमा राज्यले सम्बोधन र राष्ट्रिय विदा दिदै पनि मुस्लिम समुदायलाई पनि राष्ट्र निर्माणमा लगाउन आग्रह गरे । बाँकेका विभिन्न स्थानका मुस्लिम समुदायका बालबालिका, युवालगायतले डिजे सहित नेपाली झण्डा, पोसाकमा सजिएर नेपालगन्जको धम्बोझी चोकमा पुगेका थिए ।


 

 

Next Post

नेपालगञ्जका पत्रकार सिद्धिकीको निधन

५ मंसिर २०७५, बुधबार १८:४१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जबाट प्रकाशित समय अधिकार दैनिक पत्रिकाका प्रधान सम्पादक एवं प्रकाशक रहिसअहमद सिद्धिकीको निधन भएको छ । नेपाल पत्रकार महासंघ बाँकेका सदस्य सिद्दिकीको गएराति उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निधन भएको हो । ५६ वर्षीय सिद्धिकीको गएराति साढे ११ बजे निधन भएको पत्रकार अमन अन्सारीले जानकारी […]

सम्बन्धित